सांसद् शर्माले गरे सरकारलाई ५ प्रश्न, भने - शून्य समय शून्यमा उडाउनको लागि हो भने बन्द गर्न माग

सांसद् शर्माले गरे सरकारलाई ५ प्रश्न, भने - शून्य समय शून्यमा उडाउनको लागि हो भने बन्द गर्न माग

मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • images
    images
    सांसद् शर्माले गरे सरकारलाई ५ प्रश्न, भने - शून्य समय शून्यमा उडाउनको लागि हो भने बन्द गर्न माग
    images
    images

    काठमाडौँ / नेकपा माओवादीका सांसद जनार्दन शर्माले शून्य समय सुनाएर उठाउनको लागि हो भने बन्द गर्नुपर्ने बताएका छन् । 
    मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले सदनमा उठेका प्रश्नहरूलाई बेवास्ता गरेको भन्दै सरकारले गम्भिर भएर जवाफ दिनुपर्ने भन्दै सभामुखसँग निर्देशनको लागि माग गरेका छन् ।

    उनले भने, ‘संसदमा पटक पटक विषयहरू उठेका छन्, प्रश्नहरू उठेका छन् । दैनिक संसद्मा हामीले जिज्ञासा राखिरहेका छौँ । यी जनता, सुशासन र राष्ट्रसँग सम्बन्धित प्रश्न हुन् तर सरकार समाधान तिर त के जवाफ पनि दिन तयार छैन । यो गैरजिम्मेवारी किन ? शून्य समय शून्यमा उठाउनको लागि हो भने बन्द गरौँ होईन भने सरकारले गम्भिर भएर जवाफ दिनुपर्छ भनेर सभामुखसँग निर्देशनको लागि माग गर्छु ।’

    सांसद् शर्माले संसद्मा राखेका ५ प्रश्नहरू यस्ता छन्: 

    १. नेता रमेश चौधरीलाई नक्कली पत्र बनाएर किन जेल राखियो ? 

    २. गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो ?

    ३. विश्वविद्यालयका भिसीहरू किन खाली भइरहेका छन् ? 

    ४. स्वास्थ्य बिमा किन भुक्तानी गरिदैँन ?

    ५. मध्य पहाडी करिडोर भेरी नदी, मेगा पुल, हुलाकी मार्गका अलपत्र पुल निर्माण कहिले हुन्छन् ?

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com