images
Logo
images

धादिङको तिप्लिङमा सशस्त्र प्रहरी बल नेपालको विओपी स्थापना

धादिङको तिप्लिङमा सशस्त्र प्रहरी बल नेपालको विओपी स्थापना

आइतवार, बैशाख २१ २०८२
आइतवार, बैशाख २१ २०८२
  • धादिङको तिप्लिङमा सशस्त्र प्रहरी बल नेपालको विओपी स्थापना

    धादिङ जिल्लाको रुवि भ्यालि गाउँपालिका– १ तिप्लिङमा सशस्त्र प्रहरी बल नेपालको विओपी स्थापना भएको छ । 

    images
    images

    गृहमन्त्री रमेश लेखकले बैशाख १९ गते उक्त विओपीको उद्घाटन गरेका थिए । 

    धादिङ सदरमुकामबाट ७०.७५ किलोमटर टाढा र २२ सय मिटर उचाईमा रहेको यस विओपी हाललाई सोही गाउँपालिकाले उपलब्ध गराएको भाडाको घरमा बसेको छ।

    कार्यक्रममा कृषि तथा पशुपंन्छि बिकास मन्त्री माननिय रामनाथ अधिकारी,प्रतिनिधि सभा सांसद माननिय टेक बहादुर गुरुङ्ग,गृहसचिव गोकर्णमणि दुवाडि, सशस्त्र प्रहरी माहनिरीक्षक राजु अर्याल,रुवीभ्याली गाँउपालिकाका प्रमुख राम सिंह तामाङ्ग,प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, प्रहरी उपरिक्षक दिपेन्द्र शाही, राष्ट्रिय अनुसन्धान उप अनुसन्धान निर्देशक नरेन्द्रराज गिरी लगायत वडा अध्यक्ष तथा स्थानिय वासिन्दाहरुको उपस्थिती रहेको थियो ।

    यसअघि उत्तरतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, गोरखाको साम्दो,रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङगोलामा बिओपी स्थापना भइसकेको छ । 

    यो संगै छिमेकी मुलुक चिनतर्फको सीमानातर्फ ११ र  छिमेकिमुलुक भारततर्फको सीमानामा २ सय ४४ गरी बिओपी संख्या जम्मा २ सय ५५ पुगेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय