शुक्रबारको राशिफल : आजको दिन तपाईँका लागि कति शुभ कति अशुभ ?

शुक्रबारको राशिफल : आजको दिन तपाईँका लागि कति शुभ कति अशुभ ?

शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • शुक्रबारको राशिफल : आजको दिन तपाईँका लागि कति शुभ कति अशुभ ?

    आज विक्रम संवत २०८२ साल बैशाख १९ गते शुक्रबार तदुनसार ईश्वी सन् २०२५ मे २ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु,  श्रीशाके १९४७, बैशाख शुक्लपक्ष, पञ्चमी तिथी, दिउसो २ बजेर ५१ मिनेट उप्रान्त षष्ठी, आद्र्रा नक्षत्र, आनन्दादिमा–पद्य योग, चन्द्रराशि–मिथुन  । 

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आर्थिक पक्ष सबल रहनेछ। व्यापारमा लगानी बढाएर राम्रो नाफा कमाउन सकिनेछ। पुराना लगानीहरूबाट दीर्घकालीन लाभ मिल्नेछ। मिहिनेतको प्रतिफलस्वरूप आम्दानी वृद्धि हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्दै आर्थिक लाभ उठाउन सकिनेछ। व्यवसायिक यात्राबाट फाइदा हुने संकेत छ। धन संकलन र वित्तीय योजनामा सफलता मिल्नेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    धन आर्जनका राम्रो अवसरहरू रहनेछन्। सौन्दर्य सामग्री र सामाजिक दायित्वमा खर्च बढ्न सक्छ। बुद्धिको उपयोगले आम्दानी बढ्नेछ, विशेषगरी भोजन, संगीत वा बोली सम्बन्धी पेशाबाट लाभ मिल्नेछ। पुराना कामहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। सम्पत्तिको सही परिचालनले वित्तीय अवस्था मजबुत हुनेछ। मिहिनेतले प्रतिष्ठा र आर्थिक लाभ दुवै दिलाउनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    व्यापारमा समयअनुकूल लाभ मिल्नेछ, लगानीबाट आर्थिक अवस्था बलियो बन्नेछ। प्रतिस्पर्धामा विजयी भइ आर्थिक उपलब्धि हासिल हुनेछ। न्यायिक मामलामा विजयले वित्तीय राहत मिल्ने संकेत छ। नयाँ कामको प्रस्तावले आम्दानीका बाटा खोल्नेछ। पहिलेको सफलता र प्रयासले धन आर्जन सहज हुनेछ। सहयोगीहरूको साथले आर्थिक योजना सफल बन्नेछन्।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    विदेश यात्राका योग प्रबल छन्, एनजीओ वा आईएनजीओमा रोजगारीको अवसर मिल्नेछ। खर्च बढे पनि आयका नयाँ स्रोत खुल्नेछन्। व्यवसाय र सेवामूलक कार्यबाट मनग्गे लाभ हुनेछ। आवश्यकता पर्दा ऋण वा सरसापटबाट वित्त जुट्नेछ। अध्ययन, श्रम र प्रयासले आर्थिक उपलब्धि दिलाउनेछ। विदेशमा कार्यरतहरूलाई आर्थिक दृष्टिले समय अनुकूल रहनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    नयाँ आम्दानी स्रोत फेला पर्नेछन्, तर खर्च पनि बढ्ने सम्भावना छ। व्यवसायमा लगानी आवश्यक हुनेछ, जसले दीर्घकालीन लाभ दिनेछ। श्रमको उचित मूल्य पाउने समय हो। कर्जामार्फत धन जुटाउन सकिनेछ। भविष्यका लागि आर्थिक जग बसाउने अवसर छ। आजको लाभांश तत्काल बचत नहुन सक्छ, तर मिहिनेतले स्थायित्व ल्याउनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। व्यापारमा थोरै मेहनतले पनि राम्रै आम्दानी हुनेछ। पिताको सहयोग र प्रतिष्ठित व्यक्तिसँगको सहकार्यले आर्थिक लाभ बढ्नेछ। गीत, मोडलिङ वा सेवामूलक क्षेत्रमा लगानी गर्दा नाम र पैसा दुबै कमाउने अवसर छ। दिगो व्यवसायले स्थायित्व दिनेछ। नयाँ काम र पदोन्नतिको सम्भावना रहेकाले आम्दानी बढ्नेछ। मिहिनेतले भविष्यमा आर्थिक सफलता दिलाउनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    समयले आर्थिक अवसरहरू प्रशस्त बनाउनेछ। सानो प्रयत्नले मनग्गे धन आर्जन गर्न सकिनेछ। व्यापार, शैक्षिक वा धार्मिक यात्राबाट लाभ मिल्नेछ। रोकिएका काम पूरा भई आम्दानी बढ्नेछ। बौद्धिक क्षमताको कदर हुनेछ भने नयाँ जिम्मेवारीले भविष्यमा आर्थिक स्थायित्व दिन सक्छ। आलस्य त्याग्दा मिहिनेतले राम्रो आर्थिक नतिजा ल्याउनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यापारमा उल्लेख्य वृद्धि हुनेछ र थप लगानीको वातावरण बन्नेछ। नसोचेको धन र सम्पत्ति प्राप्त हुने सम्भावना छ। थन्किएको सम्पत्ति प्रयोगमा ल्याई आम्दानी बढाउन सकिनेछ। तापनि खर्च र स्वास्थ्यमा सचेत रहनु पर्ने समय हो। प्रतीक्षित लाभ ढिलो भए पनि सकारात्मक संकेत मिल्नेछ। सत्कार्य र समाजसेवामा खर्च बढ्न सक्छ, तर त्यसले प्रतिष्ठा र भविष्यमा आर्थिक लाभ पनि दिलाउन सक्छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    छोटो समयमा मनग्य आर्थिक फाइदा हुनेछ। साझेदारी व्यापार लाभदायक रहनेछ भने प्रतीक्षित धन लाभ पनि प्राप्त हुनेछ। सुन्दर पहिरन र भौतिक साधनको खरिदमा खर्च बढ्न सक्छ। परिस्थिती अनुकूल भए पनि विवादास्पद जिम्मेवारीले दबाब आउन सक्छ। स्वास्थ्यमा लापरवाही नगर्नुहोस्, अन्यथा खर्च बढ्न सक्छ। रमाइलो यात्रा र मनोरञ्जनमा पनि आर्थिक लाभ जोडिनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    व्यापारमा लगानी बढाएर राम्रो लाभ कमाउन सकिनेछ, र दाम्पत्य जीवनमा सामिप्यता बढ्नेछ। मावली पक्षबाट सहयोग मिल्नेछ। अफिसियल यात्राबाट अपेक्षित सफलता हात लाग्नेछ। प्रतियोगी परीक्षामा सफलता प्राप्त हुनेछ र पढाइमा अग्र स्थान मिल्नेछ। तर, यात्रा कष्टपूर्ण हुन सक्छ र खर्च बढ्न सक्छ। विवाद र मुद्दामा सजग रहनुहोस्, तपाईंको पक्ष कमजोर रहन सक्नेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    विलासिताले खर्च बढाउने भए पनि भौतिक सम्पत्ति र उपहार प्राप्ति हुने योग छ। आर्थिक समस्याहरू समाधान गर्दै शिक्षा र बैंकिङ क्षेत्रमा लगानी बढाउन सकिनेछ। नोकरीमा बढुवा हुने सम्भावना छ र बौद्धिक कार्यमा सम्मान मिल्नेछ। विद्यार्थीहरूले राम्रो सफलता प्राप्त गर्नेछन् र अध्ययनमा जोस जाग्नेछ। स्वास्थ्यमा मौसमी समस्याबाट जोगिनु पर्छ। व्यापार र कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    आफन्तको सहयोगले लक्ष्यमा पुग्न सहज हुनेछ। यात्राको सम्भावना छ । साथै नयाँ काम वा स्थानान्तरणको अवसर छ। भौतिक सम्पत्ति र सवारी साधन प्राप्तिको सम्भावना छ। धार्मिक र सामाजिक क्षेत्रका कामले सम्मान प्राप्त हुनेछ। तर, खर्च बढ्न सक्छ र जग्गासम्बन्धी काममा मन्दी आउनेछ। निर्णयमा ढिलाइ गर्दा पछि परिनेछ। मिहिनेतले समस्या सुल्झाउनेछ र भूमि तथा पशुधनबाट लाभ मिल्नेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय