सर्वनाशले ल्याए ‘के भाको’

सर्वनाशले ल्याए ‘के भाको’

बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • images
    images
    सर्वनाशले ल्याए ‘के भाको’
    images
    images

    काठमाडौँ / सर्वनाशको साङ्गीतिक नामले परिचित गायक तथा -यापर सरोज मगरले नयाँ -याप गीत ‘के भाको’ सार्वजनिक गरेका छन् । जमलस्थित विश्वज्योति मलमा रहेको राजा लाउन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भिडियोसहित गीतलाई सार्वजनिक गरेका हुन् । 

    युट्युबमा रहेको उनकै म्युजिक च्यानल ‘सर्वनाश म्युजिक’ मार्फत सार्वजनिक गरिएको गीतमा गायन र ¥यापमा सर्वनाशलाई डी–चेनले साथ दिएका छन् । यसको सङ्गीत भने कलज्ञ रेकड्र्सले तयार पाएको हो । यसमा बाँसुरी विकेश लामाको सुन्न सकिन्छ । 

    गीत सार्वजनिक गर्दै सर्वनाशले अडियो र भिडियोमा उत्तिकै मेहनत गरेको बताए । उनले भने,‘-यापमा केही गर्ने कोसिस छ, यो भावना व्यक्त गरेको -याप गीत हो । हामीले सुखदुःख र आफ्नो भावनालाई यस्तै ¥याप गीतमार्फत सार्वजनिक गर्ने गरेका छौँ । हाम्रो गीत सुन्नेले हामीलाई त्यहिबाट चिन्न र बुझ्न सक्नुहुन्छ । किनकि यो गीत मात्र नभई हाम्रो भावना हो ।’
    उनले गीतअनुसार नै भिडियो पनि तयार परेको बताए । गीतको भिडियोलाई जुमनले तपार परेका हुन् । उनकै समूहले छायाङ्कन, सम्पादन र निर्देशनसहित भिडियोका सम्पूर्ण काम गरेको हो । भिडियोमा मुना योञ्जन र कञ्चन श्रेष्ठ फिचरिङ छन् । 

    ट्रेक्स प्रोडक्सनले निर्माण गरेको भिडियो हेरेपछि सिनियर -यापर हाकिम गुरुङले सबै टिमलाई बधाई दिए । पछिल्लो समय र्याप परिमार्जित र परिस्कृत भइरहेको उनले बताए । 

    ‘पछिल्लो समय नयाँ पुस्ताले -यापलाई सौखसँगै व्यवसायीकरण पनि गरिरहेका छन् । यसले पनि आगामी दिनमा नेपालमा र्याप विधाको भविष्य झन् राम्रो हुनेमा विश्वस्त छु । -याप आफ्नो बेदना, भावना र पिडासँगै समाजको यथार्थलाई बाहिर ल्याउने माध्यम हो हामी -यापरको लागि’, -यापर हाकिमले भने ।

    उक्त कार्यक्रममा चलचित्र पत्रकार सङ्घका पूर्व उपाध्यक्ष कुवेर डंगोल, फिल्म निर्माता तथा अभिनेता किरण नेपाली लगायत उपस्थित थिए । निर्माता नेपालीले आफूले -यापरकै विषयमा एउटा फिल्म निर्माण गर्न लागेता पनि विविध कारणले पुरा हुननसकेको तर भविष्यमा त्यो फिल्म बन्ने विश्वास व्यक्त गरे । 

    ‘मैले -याप सुनेको छु र यसका शब्दलाई महसुस गरेको छु । त्यसकारण मैले फिल्म बनाउने तयारी गरे, भिटेन त्यसमा अभिनय गर्दै थिएँ । विविध कारणले त्यो पुरा हुनसकेन । तर , भविष्यमा त्यो विषयलाई केही परिमार्जन गरेर पुनः फिल्म बनाउन सक्नेछु’, निर्माता नेपालीले भने । 

    -यापर सर्वनाशको यसअगाडि ‘आउँ बस’, ‘कान्छी नानी’, ‘जादुपन’, ‘जिन्दगीको यात्रा’, ‘हामी अल्लारे ठिटो’, ‘समय’, ‘सर्वनाशको सुरुआत’ लगायतका -याप गीत सार्वजनिक भइसकेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com