सुनचाँदीको मूल्यमा उच्च गिरावट, प्रतितोला कति पर्ला ?

सुनचाँदीको मूल्यमा उच्च गिरावट, प्रतितोला कति पर्ला ?

बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • images
    images
    सुनचाँदीको मूल्यमा उच्च गिरावट, प्रतितोला कति पर्ला ?
    images
    images

    काठमाडौँ / बिहीबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको हो । 

    मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि भने प्रतितोला १ लाख ८८ हजार १०० रुपैयाँ  कायम भएको थियो । 

    यता, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको आज घटेर १ हजार ९१५ रुपैयाँ कायम भएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com