आज विक्रम संवत २०८२ साल बैशाख १७ गते, बुधबार, ईश्वी सन् २०२५, अप्रिल ३० तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, वैशाख शुक्लपक्ष, तृतीय तिथी, बेलुकी ६ बजेर २८ मिनेट उप्रान्त चतुर्थी, रोहिणी नक्षत्र, आनन्दादिमा-शुभ योग । चन्द्रराशि-बृष ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समय फलदायी रहनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन् र दिगो आम्दानी हुने क्षेत्रमा लगानी गर्न सकिनेछ। सेयरबजार वा व्यवसायमा लगानी बढ्नेछ। बुद्धिको प्रयोगले धन आर्जन हुनेछ। नयाँ कामको प्रस्ताव र शुभचिन्तकहरूको सहयोगले आर्थिक स्थायित्व आउँछ। मिहिनेतले वित्तीय सम्मान र सफलताको बाटो खोल्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक दृष्टिले यो समय लाभदायक छ। व्यापार र सेयरबजारबाट मनग्गे आम्दानी हुनेछ। पुराना कामबाट पनि लाभ मिल्नेछ। आर्थिक पक्ष सबल रहनुका साथै लक्ष्यअनुसार समयमै काम सम्पन्न हुनेछ। सरकारी कर्मचारीका लागि सरुवा योग छ, जसले आर्थिक लाभ दिन सक्छ। विशेष अवसरहरू प्राप्त हुनेछन् र लगनशीलता आम्दानी बढाउने प्रमुख कारक हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक पक्ष केही कमजोर रहने सङ्केत छ। खर्च बढ्नेछ र कर्जा वा उधारो व्यापारमा सतर्क रहनु पर्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ला तर फाइदा तत्काल देखिने छैन। विदेशमा श्रम वा अध्ययनरतहरूका लागि भने राम्रो आम्दानीको सम्भावना छ। विदेशी लगानीबाट लाभ उठ्न सक्छ। नियमित कामबाट सामान्य आम्दानी हुने सम्भावना छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक पक्ष मजबुत बन्नेछ। व्यापार व्यवसाय फस्टाउनेछ, लाभांश बढ्नेछ र आम्दानीका नयाँ स्रोत खुल्नेछन्। पैत्रिक सम्पत्तिको सदुपयोगबाट धन प्राप्त हुनेछ। लगानीबाट लाभ मिल्नेछ र दिगो फाइदा दिने काम सुरु गर्न सकिनेछ। नोकरीमा पदोन्नति तथा प्रशंसा पाइनेछ। लक्ष्मीको कृपाले मनग्य धन आर्जन हुनेछ र धन सञ्चयको अवसर प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन आर्थिक रूपमा उत्साहजनक देखिन्छ। नयाँ कामको प्रस्ताव र पदोन्नतिले आम्दानीमा वृद्धि हुनेछ। उत्पादनमूलक क्षेत्रमा वा शेयरबजारमा लगानीबाट लाभ मिल्नेछ। व्यापार सम्बन्धी यात्राले फाइदा पुर्याउनेछ। दिगो फाइदा हुने काम थालिने सम्भावना छ। मिहिनेतले नामसँगै दाम र इनाम पनि दिलाउनेछ, जसले वित्तीय स्थायित्व ल्याउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन आर्थिक दृष्टिले सन्तुलित रहनेछ। आम्दानी र खर्चको समायोजन गरेर व्यवसायमा थप लगानी गर्न सकिनेछ। सानो प्रयासले पनि राम्रो आम्दानी हुने सम्भावना छ। नयाँ काम वा स्थानान्तरणले वित्तीय स्थायित्वमा सहयोग पुर्याउनेछ। पुराना काम सफल भई लाभ मिल्नेछ। इष्टमित्रको सहयोगबाट नयाँ आम्दानीका अवसर खुल्नेछन् भने व्यापार सामान्य रूपमा अगाडि बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक स्थिति कमजोर देखिन्छ। व्यापारमा लगानी नगर्नु नै लाभदायक हुनेछ, घाटाको सम्भावना प्रबल छ। खर्च व्यवस्थापनमा कठिनाइ हुँदा घरायसी समस्याले तनाव बढाउन सक्छ। चिताएको लाभ तत्काल नआए पनि दीर्घकालीन फाइदाका लागि धैर्य र सावधानी आवश्यक छ। अहिले जोखिमपूर्ण निर्णयभन्दा आर्थिक सन्तुलनमा ध्यान दिनु उपयुक्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक रूपमा दिन निकै सकारात्मक रहनेछ। व्यापार र सेयरबजारमा लगानीबाट मनग्य लाभ हुनेछ भने व्यवसायिक यात्रा फाइदाजनक हुनेछ। भौतिक सम्पत्ति र विलासी वस्तुमा लगानी गर्न सकिनेछ। कामको सफलताले आम्दानी बढाउनेछ, जसले आत्मविश्वास र हौसला दिनेछ। आर्थिक स्थायित्वसँगै भविष्यका लागि धन सञ्चयको राम्रो अवसर पनि मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक पक्ष सकारात्मक देखिन्छ। लामो समयदेखि रोकिएका काम पूरा भई आम्दानीको मार्ग खुल्नेछ। निर्माण सामग्री, खाद्यान्न र गरगहनाको व्यापारमा उल्लेख्य लाभ हुनेछ। सेयरबजार र वित्तीय क्षेत्रमा लगानीबाट आम्दानी बढ्नेछ। न्यायिक निर्णय लाभदायक हुनाले आर्थिक स्थायित्वमा टेवा पुग्नेछ। नयाँ कामको थालनीले थप आम्दानी र उत्साह ल्याउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिन आर्थिक रूपमा सकारात्मक रहनेछ। व्यापार, सेयरबजार र वित्तीय क्षेत्रमा लगानीबाट राम्रो आम्दानी हुनेछ। मेहनत र धैर्यले आय स्रोतमा वृद्धि हुनेछ। अध्ययनमा समय दिन नसकिए पनि पछि लाभ हुने कामहरूको थालनी हुनेछ। सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ र गुरुजन तथा सन्तानको सहयोगले तपाईंलाई फाइदा हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन केही सावधानी अपनाउनुपर्ने समय छ। सवारी साधन प्रयोग गर्दा ख्याल गर्नुहोस् । समय अनुकूल छैन। घर, कृषि, पशुपालनमा केही लाभ मिल्न सक्छ, तर योजना सही तरिकाले कार्यान्वयन नगरे केही समस्याहरू पनि आउन सक्छ। कृषि तथा पशुपालन व्यवसायमा आधुनिकीकरण गर्दा लाभ लिन सकिनेछ। हल्लाको भरमा निर्णय नगर्नुहोस् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको दिन आर्थिक र सामाजिक दृष्टिले फलदायी रहनेछ। समाजमा गुमेको साख फिर्ता हुनेछ र आफ्नो बर्चस्व बढाउन सकिनेछ। लगानी र मेहनतले दिगो फाइदा दिलाउनेछ, विशेष गरेर उत्पादित उद्योगमा लगानी बढाउँदा आम्दानी बढ्नेछ । नयाँ काममा सफलता मिल्नेछ । प्रतिस्पर्धीहरू पनि तपाईँलाई सहयोग गर्न उत्साहित हुनेछन्।