आज वि.सं. २०८२ वैशाख १६ गते, मङ्गलबार तदनुसार ईश्वी सन् २९ अप्रिल २०२५, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, वैशाख शुक्लपक्ष द्वितीया तिथी, कृत्तिका नक्षत्र, चन्द्रराशि वृष ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार तथा व्यवसाय फस्टाउनेछ। धातु तथा खनिज कारोबारबाट लाभ मिल्नेछ। बौद्धिकताको प्रयोग गरी धन तथा सम्पत्ति सङ्कलन हुनेछ। आफन्तसँग मिलेर गरिने व्यापारबाट सफलता पाइनेछ। सानो प्रयासले ठूलो आर्थिक उपलब्धि सम्भव हुनेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ भने आलोचकहरूबाट समेत प्रशंसा प्राप्त हुनेछ। आर्थिक वृद्धिसँगै पारिवारिक वातावरण सुखद् रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बुद्धिको उपयोगले धन आर्जन र आर्थिक सफलता मिल्नेछ। कानुनी मामलामा फाइदा हुनेछ। क्षमता प्रदर्शनले नाम र दाम दुबै बढ्नेछ। मेहनतले लक्ष्य हासिल हुनेछ। नयाँ व्यवसाय वा रचनात्मक काम शुभारम्भ गर्न सकिनेछ। प्रतिष्ठा र सम्मान बढ्नेछ। आर्थिक प्रगतिको साथ पारिवारिक वातावरण सुखद रहनेछ र सहयोगीहरूको समर्थन प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार व्यवसायमा सोचविचार गरी अनुबन्ध गर्नुपर्नेछ। खर्च बढ्नाले आर्थिक दबाब सिर्जना हुनेछ। परिश्रम अनुसार लाभ नपाइएला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्, सावधानी अपनाउनु उपयुक्त हुनेछ। तत्काल लाभ नभए पनि प्रयासले भविष्यमा फाइदा मिल्ने सम्भावना रहन्छ। लामो दूरीको यात्राबाट नयाँ अवसर खुल्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापार व्यवसायमा राम्रो फड्को मार्न सकिनेछ। आर्थिक अवस्था सुदृढ भई लगानीका अवसर बढ्नेछन्। साझेदारी र सट्टापट्टाबाट लाभ मिल्नेछ। अड्किएको रकम उठ्न सक्छ। मिहिनेतले आम्दानी वृद्धि हुनेछ। बुबा वा सरहका व्यक्तिबाट आर्थिक लाभ पाइनेछ। तर अवसरवादीहरूले फाइदा उठाउन सक्ने भएकाले सतर्क रहनु उपयुक्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कर्मक्षेत्र र व्यापारमा उल्लेखनीय प्रगति हुनेछ। बन्द व्यापार फस्टाउँदै आर्थिक अवस्था मजबुत बन्नेछ। पदोन्नति र रोजगारका अवसर प्राप्त हुनेछन्। प्रतिष्ठित व्यक्तिहरूको सहयोगले व्यवसाय र आम्दानीमा वृद्धि हुनेछ। मिहिनेतले दाम, इनाम र प्रतिष्ठा दुबै बढ्नेछ। शालिन स्वभावले व्यापारिक सम्बन्ध बलियो बन्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। शिक्षा र धार्मिक क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन हुनेछ। योग्यताको उचित मूल्याङ्कन हुनेछ । नयाँ अवसर प्राप्त हुनेछन्। खोजमूलक काममा सफलता मिल्नेछ। परिस्थितिको लाभ उठाउन बुद्धिको प्रयोग गर्नुपर्नेछ। समयले साथ दिँदा आँटेका कामबाट लाभ हुनेछ। सहयोगीहरूको साथले आर्थिक प्रगति सहज हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार व्यवसायमा पारदर्शिता आवश्यक हुनेछ। आर्थिक मुद्दा जटिल बन्ने सम्भावना रहेकाले सतर्क रहनुहोस्। तत्काल लाभ नभए पनि दीर्घकालीन फाइदाका लागि प्रयास गर्नुपर्नेछ। नसोचेको धन वा सम्पत्ति प्रयोग गर्न पाइनेछ। जोखिमपूर्ण जिम्मेवारी बहन गर्नुपर्ला तर सहयोगीहरूको समर्थनले कठिनाइ पार गर्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार व्यवसायमा विशेष लाभ मिल्नेछ। एकल वा साझेदारीमा लगानी गरी प्रशस्त आम्दानी बढ्न सक्नेछ। निरन्तर प्रयासले सफलता हात लाग्नेछ। नयाँ अवसरहरू खोजी गर्दै भौतिक साधन पनि जुट्नेछन्। सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले व्यवसाय प्रवर्द्धनमा मद्दत पुग्नेछ। यात्राबाट आर्थिक फाइदासमेत हुने सङ्केत छन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार तथा शेयर बजारमा लगानी बढाएर आम्दानीका नयाँ स्रोत खुल्नेछन्। रोकिएका कामहरू बन्नेछन् र नयाँ आर्थिक अवसर सुरु हुनेछन्। प्रतिस्पर्धामा विजयी भई आर्थिक क्षेत्र बलियो बन्नेछ। प्रशासनिक अवरोध आए पनि अदालतबाट लाभ हुने सङ्केत छन्। मिहिनेतले व्यापार र आम्दानी दुवैमा उल्लेखनीय वृद्धि हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सन्तानको प्रगति र अध्ययनमा सफलता देखिनेछ। नयाँ व्यापारमा शुभचिन्तकहरूको सलाहले राम्रो परिणाम ल्याउनेछ। खर्च कम भएपछि लगानीका नयाँ अवसर खुल्नेछन्। आर्थिक अवस्थामा सुधार हुनेछ। व्यवसायमा सानो प्रयासले ठूलो फाइदा मिल्नेछ। परिस्थितिहरू अनुकूल नदेखिए पनि बौद्धिक कार्यमा प्रगति हुनेछ र व्यापारमा लाभ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आयआर्जनका नयाँ बाटोहरू खुल्नेछन्, तर भौतिक सम्पत्ति र विलासी वस्तुको व्यापारमा कमी हुनेछ। कृषि र पशुपालन व्यवसाय फस्टाउनेछन्। पेसा–व्यवसायमा आंशिक लाभ उठाउन सकिनेछ। सानो कमजोरीले अवरोध ल्याउन सक्छ, त्यसैले योजनाहरू गोप्य राख्नु उपयुक्त हुनेछ। भविष्यका लागि आर्थिक जोहो गर्नुपर्नेछ र केही काम दोहोर्याउनुपर्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शेयर बजारमा लगानी बढाएर रूपैया कमाउने अवसर मिल्नेछ। दाजुभाइ र छिमेकीहरूसँगको सम्बन्ध सुधारले व्यापारमा प्रशस्त आम्दानी ल्याउनेछ। सानो प्रयासले ठूलो फाइदा मिल्नेछ भने रोकिएका कामहरू बन्नेछन्। आम्दानीमा वृद्धि हुनेछ र कृषिमा सामान्य फाइदा पाइनेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछ र काममा उचित प्रतिफल प्राप्त हुनेछ।