काठमाडौँ / नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ शुक्रबारको तुलनामा १०० रुपैयाँ बढेको हो ।
यससँगै आज छापावाल सुनको मूल्य १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ।
यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार रुपैयाँ कायम थियो ।