सहकारी क्षेत्रलाई भ्रमित पार्न नराम्रा भाष्यहरू खडा गरिँदैछ : मन्त्री अधिकारी

सहकारी क्षेत्रलाई भ्रमित पार्न नराम्रा भाष्यहरू खडा गरिँदैछ : मन्त्री अधिकारी

शुक्रवार, बैशाख १२ २०८२
शुक्रवार, बैशाख १२ २०८२
  • सहकारी क्षेत्रलाई भ्रमित पार्न नराम्रा भाष्यहरू खडा गरिँदैछ : मन्त्री अधिकारी

    काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा केही भ्रमहरू सिर्जना भइरहेको बताएका छन् ।

    images
    images

    नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनपछि सहकारी विभागको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले सहकारी राज्यको महत्वपूर्ण क्षेत्र मध्येको प्रमुख भएपनि सहकारी क्षेत्रका बारेमा भ्रमित पार्न नराम्रा भाष्य खडा गर्न खोजिएको बताएका हुन् ।

    उनले भने, ‘अहिले सहकारी क्षेत्रमा केही भ्रमहरू सिर्जना भइरहेको छ ।  भ्रमित पार्न त्यस्तो भाष्य खडा गर्न खोजिएको छ । सहकारी क्षेत्र अर्थतन्त्रको तीन खम्बाको एक खम्बा  हो । आधारभूत तहमा आर्थिक उपार्जन गर्ने र व्यवसाय सञ्चालन गर्दै आर्थिक उन्नती गर्ने एउटा क्षेत्र हो । सहकारी क्षेत्र राज्यको महत्वपूर्ण क्षेत्र मध्येको प्रमुख क्षेत्र हो । यसलाई सबैले सकारात्मक पाटोबाट अगाडि बढाउने, प्रचार गर्ने र त्यसको सन्देश लाने गर्यौँ भने कतिपय गलत गर्ने व्यक्तिहरू पनि हच्किने परिस्थती सिर्जना हुन्छ ।’  

    साथै, उनले सहकारीमा बचतकर्तालाई बचत नगर्नुस् भन्ने जस्ता प्रचार गरिएका र त्यसलाई सबैले खबरदारी गर्न जरुरी रहेको बताए । उनले नेपालमा भएका ३१ हजार ४ सय सहकारी नै खराब छन् भन्ने भाष्य सिर्जना गरिएको बताए ।

    उनले भने, ‘गलत गर्ने मान्छेहरूलाई हाइलाइट गर्यौँ भने प्रोत्साहित हुन्छन् र अरू सहि काम गर्नेहरू निरुत्साहित हुन्छन् । सहकारी ३१ हजार ४ सय जति छन् । त्यसको तथ्याङ्क निकाल्दा कोही नवीकरण नगरेका होलान् । तर त्योमध्ये कतिले साच्चै गलत गरेका होलान् । त्यो हेर्दै जाने हो भने एक हजारको सङ्ख्या पनि पुग्दैन होला । तर ३१ हजार ४ सय नै खराब हुन भन्ने भाष्य सिर्जना गरिएको छ । बचतकर्तालाई  बचत नगर्नुस् भन्ने जस्ता प्रचार गरिएका छन् । त्यसलाई सबैले खबरदारी गर्न जरुरी छ ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय