काठमाडौँ / बुधबार सुनको भाउमा उच्च गिरावट आएको छ । मङ्गलबार ६ हजार ९ सय रुपैयाँ बढेर रेकर्ड मूल्यमा पुगेको सुनको भाउ आज भने घटेको हो ।
आज नेपाली बजारमा छापावाल सुन तोलामा १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि भने १ लाख ९७ हजार ९ सय रुपैयाँ थियो ।
यता, चाँदी तोलामा पाँच रुपैयाँले घटेर १ हजार ९६५ रुपैयाा कायम भएको छ । यसअघि भने प्रतितोला १ हजार ९७० रुपैयाँ रहेको थियो ।