सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान : एकैपटक तोलामा १२ सय रुपैयाँ बढ्यो, अझै कति बढ्ला ?

सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान : एकैपटक तोलामा १२ सय रुपैयाँ बढ्यो, अझै कति बढ्ला ?

सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • images
    images
    सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान : एकैपटक तोलामा १२ सय रुपैयाँ बढ्यो, अझै कति बढ्ला ?
    images
    images

    काठमाडौँ / नेपाली बजारमा सोमबार सुनको मूल्यले पुनः नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा प्रतितोला १२ सय रुपैयाँले बढेर सुनको भाउले नयाँ कीर्तिमान बनाएको हो । 

    सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । जुन मूल्य हालसम्मकै उच्च हो। यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । 

    त्यसयता सुनको मूल्य सामान्य घटबढ भएकामा सोमबार भने हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । आइतबार भने सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य देशहरूको सामानमा ट्यारिफ लगाउने घोषणा गरेसँगै सुनको मूल्य आकाशिन थालेको हो । अन्य क्षेत्रका व्यवसायीहरूले सुनमा लगानी बढाउँदा मूल्य बढिरहेको छ । विश्लेषकहरूले सुनको मूल्य तोलामा २ लाख रुपैयाँ पुग्ने अनुमान गरिरहेका छन् । 

    यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com