images
Logo
images

विन नेपाल लघुवित्तको एफपिओ बाँडफाँट, १९ लाख जनामध्ये ५ हजारले मात्रै पाए सेयर

विन नेपाल लघुवित्तको एफपिओ बाँडफाँट, १९ लाख जनामध्ये ५ हजारले मात्रै पाए सेयर

आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • विन नेपाल लघुवित्तको एफपिओ बाँडफाँट, १९ लाख जनामध्ये ५ हजारले मात्रै पाए सेयर

    काठमाडौँ / विन नेपाल लघुवित्तको एफपिओ आइतबार बिहान बाँडफाट भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा आज बिहान कम्पनीको एफपिओ बाँडफाँट भएको हो । 

    images
    images

    लघुवित्तले गत चैत २१ गतेदेखि २६ गतेसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ५१ लाख २९ हजार २५० रुपयाँ बराबरको ५१ हजार २९२.५० कित्ता एफपिओ बिक्री तथा निष्काशन गरेको थियो ।  एफपिओमा कुल १९ लाख २३ हजार ४९० जनाको आवेदन परेको थियो। 

    जसमध्ये रितपूर्वक आवेदन दिएका १९ लाख २० हजार ९ सय ३९ जनालाई बाँडफाँटमा सहभागी गराइएको थियो । २ हजार ५२३ आवेदन रद्द भएको थियो । मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रिया मार्फत लघुवित्तको एफपिओ बाँडफाँट गरिएको छ। 

    उक्त बाँडफाँटमा ५ हजार १ सय २९ जनाले मात्र सेयर पाएका छन् । बाँडफाँट गर्दा शेष रहेको २.५० कित्ता सेयर सोही ५ हजार १२९ आवेदकमध्ये तीन जनालाई बाँडफाँट गरिएको छ। 

    जसअनुसार २ जना आवेदकले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने एक जनाले १०.५० कित्ता प्राप्त गरेका छन्। बिक्री प्रबन्धकका अनुसार उक्त निष्काशनमा कुल १९ लाख २३ हजार ४९० आवेदन मार्फत २ करोड २१ लाख ७६ हजार ८४० कित्ता माग भएको थियो। 

    लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरो सेयर एकाउन्टबाट एफपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट  https://iporesult.cdsc.com.np/ बाट पनि नतिजा हेर्न सकिन्छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय