बिवाइडी सिगलले जित्यो २०२५ को ‘वर्ल्ड अर्वन कार अफ द इयर’ अवार्ड

बिवाइडी सिगलले जित्यो २०२५ को ‘वर्ल्ड अर्वन कार अफ द इयर’ अवार्ड

शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • images
    images
    बिवाइडी सिगलले जित्यो २०२५ को ‘वर्ल्ड अर्वन कार अफ द इयर’ अवार्ड
    images
    images

    बिवाइडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड कार अवार्ड कार्यक्रम अन्तर्गत वर्ल्ड अर्वन कार अफ द इयरको उपाधि जित्न सफल भएको छ।

    २०२५ अप्रिल १६ मा अमेरिकाको न्युयोर्कमा आयोजित  न्युयोर्क इन्टरनेसनल अटो शोमा विश्वभरका ११ उत्कृष्ट सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै बिवाइडीले पहिलोपटक चिनियाँ अटोमोटिभ ब्रान्डको रूपमा यो अवार्ड हात पारेको हो।

    यस ऐतिहासिक जितले विश्वव्यापी न्यु इनर्जी भेइकल (एनईभी) क्षेत्रमा बिवाइडीको अग्रणी स्थानलाई फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा पुष्टि गरेको छ।

    बिवाइडी सिगलले ओसन एस्थेटिक्स डिजाइन दर्शनलाई समेटेको छ ( जसले यसलाई ताजा, आकर्षक र आधुनिक बनाएको छ। उच्च सुरक्षा मापदण्ड, स्मार्ट ड्राइभिङ फिचर र उत्कृष्ट सिटी(फ्रेन्डली परफर्मेन्सले गर्दा यो मोडल विभिन्न प्रमुख बजारहरूमा लगातार बेस्ट सेलरको रूपमा स्थापित हुँदै आएको छ।

    यसपटक वर्ल्ड कार अवार्डका ९६ जना अन्तर्राष्ट्रिय निर्णायकहरुलाई यस कारको अग्रगामी डिजाइन, अतुलनीय अर्वन मोबिलिटी परफर्मेन्स र युनिभर्सल मार्केट अपिलले प्रभावित पार्‍यो।

    बिवाइडीका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट स्टेला लीले भनिन्, “बिवाइडी सिगललाई वर्ल्ड अर्वन कारकों रूपमा सम्मानित गरिनु हाम्रो लागि गर्वको विषय हो। यसले हामीले विश्वव्यापी ग्राहकहरूलाई दिगो प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई पुष्टि गर्छ।”

    News byd.JPG

    पछिल्ला वर्षहरूमा बिवाइडीले अन्तर्राष्ट्रिय बजारमा उचाइ लिँदै आएको छ। २०२४ मा बिवाइडी डल्फिनले पनि वर्ल्ड अर्वन कारकै शीर्ष ३ मा स्थान बनाएको थियो भने बिवाइडी सिल वर्ल्ड कार अफ द इयरको शीर्ष ३ मा पर्न सफल भएको थियो, जुन उपलब्धि अहिलेसम्म कुनै चिनियाँ अटो निर्माता कम्पनीले हासिल गर्न सकेको छैन ।

    नेपालमा बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले पहिले नै बिवाइडी सिगलको नेपाली सडकमा परीक्षण गरिसकेको छ। कम्पनीले छिट्टै नेपालमा यसको आधिकारिक लन्च गर्ने सङ्केत दिएको छ। यो मोडल नेपाली बजारमा एकदमै प्रतिक्षित रहँदै आएको छ। 

    बिवाइडीले आगामी दिनहरूमा पनि प्रविधि र नवप्रवर्तनमार्फत हरित यातायातको भविष्य निर्माण गर्दै पृथ्वीलाई १ डिग्री सेल्सियसको दरले चिसो राख्ने अभियानमा आफ्नो योगदान निरन्तर जारी राख्ने स्पष्ट संकेत दिएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com