गठबन्धन सरकार हिजो बेलुकासम्म नटिक्ला जस्तो थियो, आज बिहानदेखि टिक्ने भयो भन्नु पर्ने बाध्यता छ : गगन थापा

गठबन्धन सरकार हिजो बेलुकासम्म नटिक्ला जस्तो थियो, आज बिहानदेखि टिक्ने भयो भन्नु पर्ने बाध्यता छ : गगन थापा

बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • images
    images
    गठबन्धन सरकार हिजो बेलुकासम्म नटिक्ला जस्तो थियो, आज बिहानदेखि टिक्ने भयो भन्नु पर्ने बाध्यता छ : गगन थापा
    images
    images

    रौतहट / नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा नेपालमा कुनै पनि पार्टीमा गठबन्धनको अनुभव राम्रो नभएको टिप्पणी गरेका छन् ।  

    बारा निर्वार्चन क्षेत्र नं –३ द्वारा बडहर्वाको खेल मैदानमा बुधबार आयोजित क्षेत्रिय सम्मेलनमा बोल्दै उनले कांग्रेसले माओवादीसग मिलेर चुनाव लडेको तर अहिले एमालेसँग सरकारमा रहेको उल्लेख गरेका छन् । 

    यसअघि एमाले र माओवादी बिच गठबन्धन मात्र नभई पार्टी नै एक बनाएको बताउदै उनले गठबन्धनको राम्रो अनुभव नभएको बताए । 

    महामन्त्री थापाले प्रत्येक गठबन्धनको प्रधानमन्त्रीले दिनमा दुई पटकसम्म वा तीन/चार दिनमा एक पटक भए पनि सरकार टिक्क छ भन्नु पर्ने बाध्यता रहेको बताए ।  

    उनले भने, ‘जति बलियो गठबन्धनको सरकार भए पनि टिक्छ/टिक्छ, हिजो बेलुकासम्म नटिक्ला जस्तो थियो, आज बिहानदेखि टिक्ने भयो भन्नु पर्ने बाध्यता छ ।’

    उनले अबको ०८४ सालको चुनावमा कुनै पनि पार्टीले गठबन्धनको कल्पना समेत नगर्ने परिपाटीको विकास हुन जरुरी रहेको औल्याए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com