म कांग्रेस र कम्युनिष्ट दुइवटै गुण भएको नयाँ मान्छे हुँ : बाबुराम भट्टराई

म कांग्रेस र कम्युनिष्ट दुइवटै गुण भएको नयाँ मान्छे हुँ : बाबुराम भट्टराई

बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • images
    images
    म कांग्रेस र कम्युनिष्ट दुइवटै गुण भएको नयाँ मान्छे हुँ : बाबुराम भट्टराई
    images
    images

    काठमाडौँ / नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले आफू कांग्रेस र कम्युनिष्ट गुणले नयाँ मान्छे भएको बताएका छन् । 

    बुधवार कांगे्रस नेता स्व.चन्द्रप्रसाद न्यौपानेको पहिलो स्मृति ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दैँ उनले राजनीतिक जीवनको सुरुवातमा कांग्रेस निकट रहेको हुनाले आफू कांग्रेस र कम्युनिष्ट दुवै भएको बताएका हुन् । 
    ‘शेरबहादुर लगायत साथिहरुलाई सुनाउन चाहान्छु म त सामान्तवाद निरङकुसता राजतन्त्र विरोधि चेतना बोकेर लागेको मान्छे त्यसैले ३३ सालसम्म म कांगे्रस निकट रहे,’ उनले भने । 

    कांग्रेस र कम्युनिष्टहरु भनेको लोकतन्त्रको दुई हाँगा भएको भन्दै उनले कांग्रेस र कम्युनिष्टहरुले लिएको विचार अपुरो भएको बताए । 

    उनले भने, ‘कांग्रेसले निजी स्वतन्त्रका मात्र कुरा गर्ने र कम्युनिष्टहरुले समानतामा मात्र जोड दियो त्यो अपुरो थियो । तर हनुपर्ने निजी स्वतन्त्रता साथै समानतामा भन्ने मेरो बुझाई हो । त्यसैले अलिकति कांग्रेस, अलिकति कम्युनिष्ट हो त्यसैले म दुइवटै गुण भएको अलिकति अगाडि बढेको नयाँ मान्छे हो ।’

    उनले चन्द्रप्रसाद न्यौपानेसँग लोकतान्त्रिक कुराहरू सिक्न पाएको पनि बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com