सुनको भाउ हालसम्मकै उच्च, एकै दिन २७०० रुपैयाँले बढ्यो

सुनको भाउ हालसम्मकै उच्च, एकै दिन २७०० रुपैयाँले बढ्यो

बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • images
    images
    सुनको भाउ हालसम्मकै उच्च, एकै दिन २७०० रुपैयाँले बढ्यो
    images
    images

    काठमाडौँ / बुधबार नेपाली बजारमा सुनको मूल्यमा पुनः नयाँ रेकर्ड बनेको छ । एकै पटक प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेर सुनको मूल्यले यसअघिको रेकर्ड ब्रेक गरेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि सुन तोलामा १ लाख ८६ हजार रुपैयाँसम्म कायम भएको थियो ।

    मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको थियो । 

    यता, चाँदीको मूल्य पनि बढेको छ । मङ्गलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ लाख ९५५ रुपैयाँ कायम भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com