किम्नी खोला ट्रस पुलमा भ्रष्टाचारः समितिका अध्यक्ष, ईन्जिनियर, प्रशासनलगायतको मिलेमतो, पाँच जना अख्तियारको फन्दामा

किम्नी खोला ट्रस पुलमा भ्रष्टाचारः समितिका अध्यक्ष, ईन्जिनियर, प्रशासनलगायतको मिलेमतो, पाँच जना अख्तियारको फन्दामा

मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • किम्नी खोला ट्रस पुलमा भ्रष्टाचारः समितिका अध्यक्ष, ईन्जिनियर, प्रशासनलगायतको मिलेमतो, पाँच जना अख्तियारको फन्दामा

    बाजुरा / त्रिवेणी नगरपालिका–५ स्थित किम्नी खोला ट्रस पुल निर्माणमा भ्रष्टाचारसम्बन्धी गम्भीर अनियमितता भएको देखिएको छ । 

    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर समेत गरिसकेको छ । 

    २०७४ /०७५ र २०७५/ ०७६ आर्थिक वर्षमा उक्त पुल निर्माणका क्रममा "Earthwork in Excavation", "Stone Soling", "PCC Work", "Steel Works", र "Cement L.S. Transportation" जस्ता कार्यहरूमा वास्तविक फिल्डमा भन्दा बढी मात्रामा नापी किताबमा विवरण देखाई झुट्टा बिल तयार गरी भुक्तानी गरिएको पाइएपछि आयोगले अनुसन्धान अघि बढाएको जनाएको छ । 

    अनुसन्धानबाट निर्माण कार्यमा प्रयोग गरिने ग्याविन जाली मेश साइज नमिल्ने, मेशिन बनाएको देखाएर फिल्डमा म्यान मेड जाली प्रयोग गर्ने, स्टिल ट्रसको परिमाण अस्वाभाविक रुपमा बढाएर लागत अनुमानमा उल्लेख गर्ने, तथा गुणस्तरहीन सामग्री प्रयोग गरि त्रिवेणी नगरपालिकालाई आर्थिक हानी पुर्‍याइएको पुष्टि भएको आयोगको दाबी छ।

    यी हुन् विशेष अदालतमा दायर आरोपपत्रमा समावेश अभियुक्तहरूः

    तीर्थराज थापामगर, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत –
    बिगोः रु. २,०६,९३५.८१
    आरोपः भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद, जरिवाना तथा बिगो असुल।

    खगेन्द्र साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत –
    बिगोः रु. २,२४,५५०.८३

    आरोपः झुटा प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको आरोपमा कैद र जरिवाना।

    नविन साउद (इन्जिनियर) र राजेन्द्र बहादुर वि.क. (सब(इन्जिनियर)
    बिगोः रु. ४,३१,४८६.६४

    आरोपः निर्माणमा गुणस्तरहीनता र झुटा अभिलेख तयार गरी गैरकानुनी लाभ दिलाएको।

    राजेन्द्र बहादुर साउद, असिस्टेन्ट सब–इन्जिनियर 
    बिगोः रु. ४,३१,४८६.६४
    आरोपः गलत प्रतिवेदन र निर्माणको गुणस्तरमा कमी गराएको।

    उपभोक्ता समिति अध्यक्ष जंग बहादुर बुढा, सचिव डम्म ब. बुढा, र कोषाध्यक्ष तुली देवी बुढा 
    बिगोः रु. ४,३१,४८६.६४

    आरोपः निर्माण कार्यमा अनियमितता गरी भ्रष्टाचार ऐनको उल्लङ्घन गरेको।

    आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार दोषी प्रमाणित भएमा सम्बन्धित सबैमाथि कैद, जरिवाना तथा बिगो असुल उपरको सजाय माग गरिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय