राष्ट्र बैंकले सर्तसहित पेन्सन कोषको ९७ करोड लगानी गर्ने

राष्ट्र बैंकले सर्तसहित पेन्सन कोषको ९७ करोड लगानी गर्ने

‘क’ वर्गका वाणिज्य बैंकमा ७७ करोड ७६ लाख रुपैयाँ, ‘ख’ वर्ग स्तरका विकास बैंकमा १४ करोड ५५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ४ करोड ८५ लाख रुपैयाँ लगानी गर्न योग्य रकम

आइतवार, चैत ३१ २०८१
आइतवार, चैत ३१ २०८१
  • राष्ट्र बैंकले सर्तसहित पेन्सन कोषको ९७ करोड लगानी गर्ने

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै पेन्सन कोषको ९७ करोड लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई प्रस्ताव गरेको हो । 

    images
    images

    उक्त कोषको सो रकम इजाजतप्राप्त ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई लगानीका लागि राष्ट्र बैंकले प्रस्ताव गरेको छ। 

    राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ७७ करोड ७६ लाख रुपैयाँ, ‘ख’ वर्ग स्तरका विकास बैंकमा १४ करोड ५५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ४ करोड ८५ लाख रुपैयाँ लगानी गर्न योग्य रकम रहेको जनाएको छ। 

    सूचनाअनुसार उक्त लगानी योग्य रकम प्राप्त गर्नका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा हुनुपर्नेछ । 

    साथै, बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको साथै निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खूद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेछ।

    त्यस्तै, बैंकले समय समयमा निर्धारण गरे बमोजिमको खूद तरल सम्पत्ति अनुपात कायम गरेको हुनुपर्नेछ । 

    कर्जा निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको र अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाव अनुसार खुद मुनाफामा रहेको हुनुपर्नेछ।

    त्यस्तै, शीघ्र सुधारात्मक कारवाहीमा परेको भए, फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

    समस्याग्रस्त घोषणा भएमा सो फुकुवा भएको ६ महिना अवधि पूरा भएको, सर्वसाधारणको लागि छुट्‌याइएको सेयर जारी गरिसकेको बैंक तथा वित्तीय संस्थाले सो रकम पाउनेछन् । 

    1.JPG

    2.JPG
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय