हेटौँडा अस्पतालको बोर्डका विषयमा विवाद, कांग्रेस नेताहरू भन्छन् - यो पेलाहा प्रवृत्ति हो

हेटौँडा अस्पतालको बोर्डका विषयमा विवाद, कांग्रेस नेताहरू भन्छन् - यो पेलाहा प्रवृत्ति हो

शुक्रवार, चैत २९ २०८१
शुक्रवार, चैत २९ २०८१
  • images
    images
    हेटौँडा अस्पतालको बोर्डका विषयमा विवाद, कांग्रेस नेताहरू भन्छन् - यो पेलाहा प्रवृत्ति हो
    images
    images

    हेटौँडा / हेटौँडा अस्पतालको बोर्ड फेरिएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल भनेर एकातिर नेपाल सरकारको लोगो छ भने अर्कोतिर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको लोगो छ ।

    नेपाल सरकारको स्वामित्वमा रहेको चलअचल सम्पत्ति कुनै अमुक दल निकट प्रतिष्ठानको हुन नहुने भन्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमाथि सर्वोच्च अदालतमा मुद्दा परेको छ । हेटौँडा अस्पताललाई प्रतिष्ठानको नाममा दिने कि नदिने भन्ने विषयमा सर्वोच्च अदालतमा बहस चलिरहेको छ ।

    सो बिचमा अस्पतालको बोर्ड फेरिएको छ । “यसरी अदालतमा विचाराधिन रहेको अवस्थामा बोर्ड फेरिनु संविधान विपरित जानु हो”, वरिष्ठ अधिवक्ता केशव गौतमले बताए । गौतमका अनुसार सर्वोच्च अदालतको फैसला नआएसम्म बोर्डको फेरबदल गर्न नहुने थियो । 

    अदालतको फैसला अगावै अस्पतालको बोर्ड फेरिनु कानुन सम्मत नभएको बागमती प्रदेश सभा सदस्य तथा बागमती प्रदेश सामाजिक विकास पूर्वमन्त्री कुमारी मुक्तानको भनाइ छ । 

    यस्तै, नेपाली कांग्रेस पार्टीका केही नेताहरूको भनाइ अनुसार यो संविधानको मर्म बिपरितको पेलाहा प्रवृत्ति हो । यो संविधान विपरित कार्य हो भन्दाभन्दै पनि पूर्व मुख्यमन्त्रीकै टोली यस कार्यमा सक्रिय रहेको अधिवक्ता गौतमको भनाइ छ । 

    “अहिले बोर्डमा कसको नाम राख्ने, कसको नराख्ने भन्ने विषय सर्वोच्च अदालतको संवैधानिक इजलासले बहस गरेपछि प्रमाणको आधारमा सर्वोच्च अदालतले फैसला गर्ने कुरा हो” अधिवक्ता गौतमले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com