निजी क्षेत्र र सरकारबीचको सहकार्यले अर्थतन्त्र अघि बढ्छ : प्रधानमन्त्री ओली

निजी क्षेत्र र सरकारबीचको सहकार्यले अर्थतन्त्र अघि बढ्छ : प्रधानमन्त्री ओली

बिहिवार, चैत २८ २०८१
बिहिवार, चैत २८ २०८१
  • images
    images
    निजी क्षेत्र र सरकारबीचको सहकार्यले अर्थतन्त्र अघि बढ्छ : प्रधानमन्त्री ओली
    images
    images

    काठमाडौँ /  प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा बोल्दै उनले देशको अर्थतन्त्रलाई अगाडि बढाउन निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।  

    उनले भने, ‘निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको छ ।  आत्माविश्वासका साथ लागेको छ । देशको अर्थतन्त्रलाई अगाडि बढाउन तीव्र  गतिमा अगाडि बढ्नुपर्ने छ । यसमा निजी क्षेत्र र सरकारको सहकार्यको आवश्यकता छ । सहकार्य गरेर नै उपलब्धि हासिल गर्न सक्छौँ, देश विकास गर्न सक्छौँ । स्थिरता,  स्थायीत्व, सुशासन र विकासका लागि बनेको अहिलेको सरकारको मुख्य एजेण्डा हो । अस्थिरताको अन्त्य, गतिशिल स्थिरता, गतिशिल स्थायित्व, सरकारको विश्वसनियता र नीतिहरू छिनछिनमा बद्लिने, व्यवसायीक क्षेत्रमा नकारात्मक असर पार्ने, उत्तरदायित्व नलिने, एउटा सरकारका ठाउँमा अर्को तुरुन्तै बद्लिने र अघिल्लो सरकारले ल्याएका राम्रा कुराहरू पनि उसले उच्चारण पनि गर्न हुँदैन भन्ने मानसिकता राख्ने, नीतिगत अस्थितरता जस्ता कुराहरूको अन्त्य गर्नका लागि, सरकारको स्थिरता एवं स्थायित्वको लागि, नीतिगत स्थिरता र स्थायित्वको जस्ता कुराहरूका साथ अगाडि बढ्का निम्ति नै सरकार बनेको हो ।’

    साथै उनले अहिलेको देशमा भ्रष्टाचार न्युनीकरण र अन्त्य गर्न  समेत यो सरकार प्रतिवद्ध रहेको बताए । उनले जनातालाई छिटो भन्दा छिटो सेवा प्रवाह गर्न सरकार तत्पर भएको बताए ।  
      
    यसैगरी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अर्थतन्त्रलाई चलायमान कसरी बनाउने भन्ने कुरामा अहिलेको सरकार गम्भिरतापूर्वक काम गरिरहेको बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

    उनले भनिन्, ‘अर्थतन्त्रलाई चलायमान कसरी बनाउने भन्ने कुरामा अहिलेको सरकार गम्भिरतापूर्वक काम गरिरहेको छ । राजश्व अहिले बढेको अवस्था छ, हाम्रो टेक्सबेस पनि बढाएर लगेका छौँ । विदेशबाट आउने अनुदान जुन थियो त्यो अहिले संकुचित भएको छ । यो अझै पनि घट्ने सम्भावना छ ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com