काठमाडौँ / नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा एकैपटक ५ हजार ७०० रुपैयाँले बढेको हो ।
बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार १ हजार ८ सय ३५ रुपैयाँमा कारोवार भएको चाँदी आज ६५ रुपैयाँले बढेर १ हजार ९ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।