एलओडी क्लब विश्वकै ४४ औँ स्थानमा उक्ल्यो, निर्देशक कुँवरले दिए क्लबका पारखीहरूलाई धन्यवाद

एलओडी क्लब विश्वकै ४४ औँ स्थानमा उक्ल्यो, निर्देशक कुँवरले दिए क्लबका पारखीहरूलाई धन्यवाद

बिहिवार, चैत २८ २०८१
बिहिवार, चैत २८ २०८१
  • images
    images
    एलओडी क्लब विश्वकै ४४ औँ स्थानमा उक्ल्यो, निर्देशक कुँवरले दिए क्लबका पारखीहरूलाई धन्यवाद
    images
    images

    काठमाडौँ / ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्‍वकै उत्कृष्ट कल्बमध्ये ४४ औँ स्थानमा परेको छ। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४औँ स्थानमा परेको हो ।
     
    म्यागमा विश्वभरका सय उत्कृष्ट‍ डिजे क्लबको सहभागी थिए। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। 
     
    एलओडी डिजे म्याग टप सयको छनौट भएर ४४औँ स्थानमा पर्न सफल भएकोले राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक भुपेन कुँवरले बताए । उनकाअनुसार यस पटक पनि मुलुकका पाँच सय क्लब सहभागी  थिए ।
     
    ‘एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालका लागि गौरवको विषय  हो,’ कुँवरले भने, ‘टप १०० को ४४ भित्र एलओडी छनौट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ।’
     
    सय वटा उत्कृष्‍ट क्लबमा एलओडी पर्दा विश्‍वभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनको भनाइ छ ।

    विश्‍वको सय उत्कृष्ट क्लबमा पार्न लागि सबै जनाको साथ सहयोग रहेको बताउँदै कुँवरले रात्रीकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने बताए ।
     
    मनोरञ्जन गर्न आउने पर्यटकको सङ्ख्या बढ्दा पर्यटन उद्योग फस्टाउने उनको दाबी छ। टप १०० मा क्लब परेकाले स्वदेशी तथा विदेशीहरू पर्यटक आउन सक्ने उनले बताए।
     
    कुँवरका अनुसार क्लबका लागि अब थप नयाँ चुनौती बनेको छ। ४४औँ स्थानमा परेसँगै क्लबलाई आकर्षक बनाउँदै लगिने उनले प्रष्ट पारे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com