यातायात कार्यालय नेपालगञ्जमा नक्कली  लाइसेन्स वितरण प्रकरणमा चार जना अख्तियारको नियन्त्रणमा

यातायात कार्यालय नेपालगञ्जमा नक्कली  लाइसेन्स वितरण प्रकरणमा चार जना अख्तियारको नियन्त्रणमा

बुधवार, चैत २७ २०८१
बुधवार, चैत २७ २०८१
  • यातायात कार्यालय नेपालगञ्जमा नक्कली  लाइसेन्स वितरण प्रकरणमा चार जना अख्तियारको नियन्त्रणमा

    नेपालगञ्ज/ बाँके जिल्लाको यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरी मासिक ३ करोड रुपैयाँभन्दा बढी रकम असुली गर्ने गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष छापा मारेको छ।

    images
    images

    आयोगको टंगाल कार्यालय, बुटवल कार्यालय तथा नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको संयुक्त टोलीले सोही कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्जका नायब सुब्बा मुकुन्दराज के.सी. र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर, नेपालगञ्जका प्रोप्राइटर शरद कुमार गोराथोकीलाई नियन्त्रणमा लिएको हो।

    उनीहरूलाई प्रयोगमा ल्याइएको विद्युतीय उपकरणसहित बाँके जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको र हाल थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

    प्रवक्ता पौडेलका अनुसार, प्रारम्भिक अनुसन्धानमा संलग्न कर्मचारी र निजी ड्राइभिङ सेन्टर मिलेर नक्कली लाइसेन्स वितरण गर्ने गिरोह सञ्चालन गरेको आशंका गरिएको छ। आयोगले घटनासम्बन्धी सबै पक्षको गम्भीरताका साथ छानबिन अगाडि बढाएको जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय