मधेश सरकारको अबको योजना कम्तिमा एक करोडको हुने, आयोजनाहरू प्रोजेक्ट बैंकमा समावेश हुनुपर्ने

मधेश सरकारको अबको योजना कम्तिमा एक करोडको हुने, आयोजनाहरू प्रोजेक्ट बैंकमा समावेश हुनुपर्ने

बुधवार, चैत २७ २०८१
बुधवार, चैत २७ २०८१
  • मधेश सरकारको अबको योजना कम्तिमा एक करोडको हुने, आयोजनाहरू प्रोजेक्ट बैंकमा समावेश हुनुपर्ने

    जनकपुर / मधेश सरकारले आगामी आर्थिक वर्षदेखि एक करोड रुपैयाँभन्दा कम लागतका योजना वार्षिक बजेटमा समावेश नगर्ने निर्णय गरेको छ । जनकपुरधाममा पहिलो पटक बसेको प्रदेश विकास समस्या समाधान समितिको बैठकले सो निर्णय गरेको जनाइएको छ ।

    images
    images

    बैठकको निर्णयअनुसार, अबदेखि आयोजना तथा कार्यक्रमको न्यूनतम सीमा एक करोड रुपैयाँ तोकिएको छ । एक करोडभन्दा कम लागतका कुनै पनि योजना वा कार्यक्रम वार्षिक कार्ययोजनामा नसमेटिने स्पष्ट गरिएको छ ।

    मधेश प्रदेश नीति तथा योजना आयोगले तयार पारेको ‘प्रोजेक्ट बैंक’ मा सबै योजनाहरू प्रविष्ट गरेपछि मात्र तिनलाई ‘पीएलएमबीआइएस’ प्रणालीमा समावेश गर्ने निर्णय पनि बैठकमा भएको छ ।

    आयोगका उपाध्यक्ष डा.सोहनकुमार साहका अनुसार, जेठ २१ गतेभित्र सबै आयोजनाहरू प्रोजेक्ट बैंक तथा पीएलएमबीआइएसमा दर्ता गरिसक्नुपर्नेछ ।

    त्यस्तै, अधुरा तथा अपूरो योजनाको विवरण पनि प्रोजेक्ट बैंकमा समावेश गर्ने र तिनलाई आवश्यकताअनुसार वार्षिक कार्यक्रममा राख्ने बैठकले निर्णय गरेको छ ।

    प्रदेश विकास समस्या समाधान समितिको पहिलो बैठकमा मुख्यमन्त्री सतिशकुमार सिंहसहित, प्रदेशका मन्त्री र प्रदेशमातहत रहेका मन्त्रालयहरूका सचिवको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय