अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आज फेरि २० अर्ब रुपैयाँ खिच्ने

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आज फेरि २० अर्ब रुपैयाँ खिच्ने

बैंक तथा वित्तीय संस्थाहरूमा ऋण दिन मिल्ने तरलता अत्यधिक भएपछि राष्ट्र बैंकले ३५ अर्ब तानेको एक दिनपछि नै पुनः २० अर्ब रुपैयाँ तान्न लागेको हो ।

बुधवार, चैत २७ २०८१
बुधवार, चैत २७ २०८१
  • अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आज फेरि २० अर्ब रुपैयाँ खिच्ने

    काठमाडौँ / नेपाल राष्ट्र बैंकको मौद्रिक विभागले २० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन ९म्भउयकष्त ऋयििभअतष्यल० गर्न सूचना जारी गरेको छ । 

    images
    images

    केन्द्रीय बैंकले अनलाइन बोलपत्र प्रणाली ९इलष्लिभ द्यष्ममष्लन क्थकतझ० मार्फत बुधधबार डिपोजिट सङ्कलनको प्रक्रिया अघि बढाएको हो। बजारमा रहेको अत्यधिक तरलता ९ष्त्रिगष्मष्तथ० व्यवस्थापन गर्न राष्ट्र बैंकले  यसअघि चैत २५ गते सोमवार राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ बजारबाट तानेको थियो। 

    बैंक तथा वित्तीय संस्थाहरूमा ऋण दिन मिल्ने तरलता अत्यधिक भएपछि राष्ट्र बैंकले ३५ अर्ब तानेको एक दिनपछि नै पुनः २० अर्ब रुपैयाँ तान्न लागेको हो । राष्ट्र बैंकले २१ दिन अवधिका लागि निक्षेप सङ्कलन उपकरणमार्फत रकम तान्ने जनाएको छ। 

    सूचना अनुसार निक्षेप सङ्कलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिनेछ ।यसमा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिनेछ भने ब्याजदर प्रतिस्पर्धात्मक हुने बताइएको छ।

    बोलकबोलमा इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले बुधवार दिउँसो ३ बजेसम्म अनलाइन मार्फत भाग लिन सक्नेछन्। ‘क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने’ राष्ट्र बैंकले स्पष्ट पारेको छ।

    राष्ट्र बैंकले जारी गरेको सूचनामा यो निक्षेप सङ्कलन उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि उल्लेख छ।

    बढ्दो तरलताले बजारमा ब्याजदर घटाउने सम्भावना भइरहेकाले राष्ट्र बैंकले सक्रिय रूपमा मौद्रिक नियन्त्रणका उपायहरू अपनाइरहेको देखिन्छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय