images
Logo
images

प्रभु बैंकद्वारा एसएमई एण्ड कन्जुरमा बैंकिङ हब गण्डकी स्थापना, यसले दिने प्रमुख सेवाहरू केके हुन् ?

प्रभु बैंकद्वारा एसएमई एण्ड कन्जुरमा बैंकिङ हब गण्डकी स्थापना, यसले दिने प्रमुख सेवाहरू केके हुन् ?

मंगलवार, चैत २६ २०८१
मंगलवार, चैत २६ २०८१
  • प्रभु बैंकद्वारा एसएमई एण्ड कन्जुरमा बैंकिङ हब गण्डकी स्थापना, यसले दिने प्रमुख सेवाहरू केके हुन् ?

    पोखरा / प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम (एसएमई) र उपभोक्ता वर्गलाई लक्षित गरी एसएमई एण्ड कन्जुरमा बैंकिङ हब गण्डकीको स्थापना गरेको छ।

    images
    images

    उक्त केन्द्रको औपचारिक उद्घाटन प्रभु बैंकका गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाको उपस्थितिमा सम्पन्न भएको हो । 

    सो अवसरमा उउनले बैंकको नयाँ पहलले गण्डकी प्रदेशमा लक्षित ग्राहक वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । 

    उनले बैंकले प्रस्तुत गरेको यस्तो केन्द्रले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुर्याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा जोड दिए । 

    एसएमई एण्ड कन्जुरमा बैंकिङ हब गण्डकी मार्फत गण्डकी प्रदेशका व्यवसायी तथा उपभोक्ताहरूले लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्।

    यसले विशेष गरी लघु, साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा संचालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा प्रदान गर्नेछ। 

    उपभोक्ता वर्गका लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य लगायतका आवश्यकताहरूका लागि विविध ऋण योजना उपलब्ध हुनेछ।

    कार्यक्रममा वक्ताहरूले यस्तो केन्द्रको स्थापनाले वित्तीय समावेशीकरण, रोजगारी सिर्जना, र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।

    एसएमई एण्ड कन्जुरमा बैंकिङ हब गण्डकी मार्फत प्रदान गरिने प्रमुख सेवाहरू 

    - व्यवसाय तथा परियोजना ऋण  

    - उपभोक्ता ऋण (घर, गाडी, शिक्षा, स्वास्थ्य)  

    - वित्तीय परामर्श सेवा  

    - द्रुत तथा प्रभावकारी कागजी प्रक्रिया  

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय