काठमाडौँ / नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले ‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन ल्याएको छ । यो क्याम्पेनको साथमा ग्राहकहरूले रोमाञ्चक अफरका साथ नयाँ वर्ष २०८२ को सुरुवात गर्न पाउने भएका छन् ।
ग्राहकहरूले चैत्र २५ देखि बैशाख ७ सम्म फुडमाण्डुको एपमार्फत यस क्याम्पेनको विशेष अफरहरूको फाइदा उठाउन सक्नेछन् ।
‘नयाँ वर्ष फिस्ट’ क्याम्पेनमार्फत ग्राहकहरूले आफूलाई मनपर्ने रेस्टुरेन्टहरूबाट खाना मगाउँदा ८२ पप्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, फ्ल्यास सेलअन्तर्गत जम्मा ८२ रुपैयाँमा निश्चित खाने कुराहरू उपलब्ध हुनेछन् भने लोकप्रिय खानाहरूमा फ्ल्याट डिस्काउन्ट, क्युरेटेड मिल कम्बो, पार्टी प्याक र ʻडबल द जोय’ अफरहरूमा ʻबाई–वन–गेट–वन’ अफर समावेश गरिएको छ । यी अफरहरूले ग्राहकहरूलाई नयाँ वर्षभर उत्सव मनाउन थप विकल्पहरू प्रदान गरेको छ ।
‘फुडमाण्डुको साथ, बबाल हुँदैछ वर्षको अन्त्य र सुरुवात’ भन्ने ट्यागलाइनका साथ शुरु भएको यो क्याम्पेनको उद्देश्य नेपाली नयाँ वर्ष २०८२ लाई अझ भव्य र रमाइलो बनाउने रहेकोे छ ।
यो क्याम्पेन अन्तर्गत ग्राहकहरूले आफ्नो लागि, परिवारको लागि अथवा साथीभाइको लागि विशेष छुटमा स्वादिष्ट परिकारहरू मगाएर अझ रमाइलो समय बिताउन सक्नेछन् ।
क्याम्पेनका बारेमा बोल्दै फूडमाण्डुकी ब्राण्ड एन्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन्, “नयाँ वर्ष भनेको रमाइलो गर्ने समय हो र हरेक रमाइलो पलहरुमा खानाको विशेष भूमिका रहन्छ । यस नयाँ वर्ष क्याम्पेनमार्फत हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्ट खानाको साथै विशेष अफर प्रदान गरेर उहाँहरूको नयाँ वर्षलाई अझै रमाइलो र स्मरणीय बनाउने लक्ष्य लिएका छौँ ।”
फूडमाण्डुले गुणस्तरीय र भरपर्दो डेलिभरीमार्फत ग्राहकहरूलाई उनीहरूको मनपर्ने रेस्टुरेन्टसँग जोड्दै मुख्य सहरहरूमा आफ्नो उपस्थिति बलियो बनाइरहेको छ ।
१,००० भन्दा बढी रेस्टुरेन्टहरूको बढ्दो नेटवर्क र उत्कृष्ट ग्राहक सेवासहित फुडमाण्डुुले काठमाडौँ उपत्यका, पोखरा, चितवन र बुटवल वरिपरिका आफ्ना ग्राहकहरूका लागि यो नयाँ वर्षलाई स्वादिष्ट र यादगार बनाउन प्रतिबद्ध रहेको छ ।