युवामा रोजगारी सृजना अहिलेको मुख्य मुद्दा : गगन थापा

युवामा रोजगारी सृजना अहिलेको मुख्य मुद्दा : गगन थापा

सोमवार, चैत २५ २०८१
सोमवार, चैत २५ २०८१
  • युवामा रोजगारी सृजना अहिलेको मुख्य मुद्दा : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवामा रोजगारी सृजना अहिलेको मुख्य मुद्दा रहेको बताएका छन् । तरुण दल तनहुँद्वारा प्रकाशन गरिएको ‘तरुण यात्रा’ पुस्तक विमोचन गर्दै सोमबार उनले भने, “देशमा प्रत्येक वर्ष पाँच लाख रोजगारी सृजना गर्नुपर्ने देखिन्छ, तर हामीले ५० हजार रोजगारी सृजना गर्न सकेका छैनौँ । अबको पाँच वर्ष यस्तै रहने हो भने देशमा युवा शक्ति घट्ने छ ।” उनले बालकक्षामा अध्ययनरत बालबालिकाको तथ्याङ्क हेर्ने हो भने भर्ना अनुसार उपस्थित नहुने गरेको बताए । 

    images
    images

    प्रविधिको युगमा युवालाई रोजगार बनाउने योजना अगाडि सार्नुको विकल्प नरहेको उनको भनाइ छ । तरुण दलले युवासँग जोडिएका मुद्दालाई उठान गरी रोजगारी वृद्धिमा आवाज उठाउनुपर्ने आवश्यकता उनले औँल्याए । 

    अबको १८र२० वर्षपछि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गर्ने गरी काम गर्नुपर्ने महामन्त्री थापाले बताए । युवालाई निराश हुनबाट जोगाउन कांग्रेसका भातृ सङ्गठनको अधिवेशन समयमा गनुपर्ने र नयाँ नेतृत्वले समयमा नेतृत्व लिन पाउने वातावरण बनाउनुपर्नेमा उनको जोड छ । 

    उनले कृषिलाई विशिष्टिकृत गर्दै कम जनशक्ति परिचालन गरी बढी उत्पादन लिने गरी प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिए । उनले भने,“कम जनशक्ति परिचालन गरेर उन्नत र रोजगारी सृजना गर्दै बढी उत्पादन लिनतर्फ प्रविधिको उपयोगमा युवालाई प्रोत्साहन गर्नुपर्छ ।”

    तरुण दलका जिल्ला अध्यक्ष हीरा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति जीतप्रकाश आले, निवर्तमान सभापति वैकुण्ठ न्यौपानेलगायतले युवालाई कृषिसँग प्रविधिसँग जोडेर स्वदेशमै रहने वातावरण बनाउन आवश्यक रहेकामा जोड दिएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय