उपप्रमुख डंगोल वेल्जियम प्रस्थान, युरोपियन युनियनको निमन्त्रणा

उपप्रमुख डंगोल वेल्जियम प्रस्थान, युरोपियन युनियनको निमन्त्रणा

आइतवार, चैत २४ २०८१
आइतवार, चैत २४ २०८१
  • images
    images
    उपप्रमुख डंगोल वेल्जियम प्रस्थान, युरोपियन युनियनको निमन्त्रणा
    images
    images

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियन प्रस्थान गरेकी छन् । 

    त्यहाँ हुने बैठक, छलफल, भेटघाट र अवलोकन भ्रमणमा सहरी विकास, विधायिकी र न्यायिक अभ्यास, स्थानीय शासन सम्बन्धी असल अभ्यासका विषयमा अनुभव आदान प्रदान गर्ने कार्यक्रम छ । 

    युनियनका दक्षिण एशियाली क्षेत्र हेर्ने विज्ञ र अधिकारीहरूसँग उनले अन्तर्राष्ट्रिय सहयोग, समन्वय र साझेदारीका अभ्याससँग सम्बन्धित विषयमा बैठक हुनेछ । यसैगरी संसद सञ्चालन र विधायिकी अभ्यासका विषयमा संसद सदस्यहरूसँग छलफल हुनेछ । 

    यस्तै लक्जेम्बर्गमा स्थानीय न्यायिक अभ्यास, इजलास, मेलमिलाप र वैकल्पिक विवाद समाधान (अल्टरनेटिभ डिस्प्युट रिजोलेसन (ए.डि.आर.)को अभ्यास अवलोकन गर्ने कार्य तालिका छ । 

    स्थानीय तह (स्थानीय सरकार) का प्रतिनिधिहरूसँग सहरी विकास वितरण र व्यवस्थापन तथा स्थानीय शासन व्यवस्थापन र प्रवर्धनमा तहगत दायित्वका विषयमा कुराकानी हुनेछ ।  

    यस क्रममा उनले काठमाडौँ महानगरपालिकाका सम्भावना र असल अभ्यासका विषयमा जानकारी गराउने कार्यक्रम छ । यस क्रममा रचनात्मक उद्योगसँग सम्बन्धित कार्यहरू, नेपाली सभ्यता, मौलिक र परम्परागत कला, संस्कार, संस्कृति र सांस्कृतिक सम्पदा गरिमासँग सम्बन्धित विषय समेटिनेछन् ।

    यस्तै, लैङ्गिमैत्री सहर निर्माणका प्रयास, स्थानीय विवाद समाधानमा महिला सञ्जालको गठन र सञ्चालन, वडास्तरीय मेलमिलाप कक्षसँग सम्बन्धित विषय समेटिनेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com