images
Logo
images

सिटिजन्स बैंकद्वारा एचआईभी पोजिटिभ बालबालिकाहरूका लागि बेबी लाइफ होमलाई आर्थिक सहयोग

सिटिजन्स बैंकद्वारा एचआईभी पोजिटिभ बालबालिकाहरूका लागि बेबी लाइफ होमलाई आर्थिक सहयोग

बिहिवार, चैत २१ २०८१
बिहिवार, चैत २१ २०८१
  • सिटिजन्स बैंकद्वारा एचआईभी पोजिटिभ बालबालिकाहरूका लागि बेबी लाइफ होमलाई आर्थिक सहयोग

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब डेढ दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बेबी लाइफ होमलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
     बिगत १८ वर्षदेखि विश्वसनीय र सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको बैंकले आर्थिक बेबी लाइफ होमलाई सहयोग स्वरूप दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । 

    images
    images

    बैंकले आफ्नो १८औँ बार्षिक उत्सव आँउदो बैशाख ७ गते मनाउँदै छ । सोही उपलक्ष्यमा बैंकले यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो ।

    बेबी लाईफ होममा हाल २७ जना एचआईभी संक्रमित बालबालिका आश्रित रहेका छन् । विशेषगरी बिपन्न समुदायमा जन्मेका एचआईभी पोजिटिभ भएका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई निकै कठिन चुनौतीहरूको सामना गर्नुपर्ने हुँदा सञ्चालनमा केही सहजता होस भन्ने हेतुले बैंकले सो सहयोग गरेको जनाएको छ ।

    एक समारोहकाबिच बैंकले २ लाख रुपैयाँको चेक संस्थाका सञ्चालक राजकुमार पुनलाई हस्तान्तरण गरेको हो । उक्त रकम बालबालिकाको खानपान, शिक्षा र स्वास्थोपचारमा खर्च गर्ने कुरा संस्थाका सञ्चालक राज कुमार पुनले जानकारी दिए । 

    हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । 

    यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक  आदि  क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ ।

    विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’९भर्चुअल क्रेडिट कार्ड० सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै सेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि  ल्याएको छ । 

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरूबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय