images
Logo
images

विन नेपाल लघुवित्तको एफपिओ निष्कासन, अधिकतम हजार कित्तासम्मका लागि आवेदन दिन सकिने

विन नेपाल लघुवित्तको एफपिओ निष्कासन, अधिकतम हजार कित्तासम्मका लागि आवेदन दिन सकिने

बिहिवार, चैत २१ २०८१
बिहिवार, चैत २१ २०८१
  • विन नेपाल लघुवित्तको एफपिओ निष्कासन, अधिकतम हजार कित्तासम्मका लागि आवेदन दिन सकिने

    काठमाडौँ / विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले आज बिहीबारदेखि थप सार्वजनिक निष्कासन अर्थात एफपिओ निष्कासन तथा बिक्री खुला गरेको हो । 

    images
    images

    लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२.५ कित्ता सेयर निष्कासन गरेको हो । 

    कम्पनीको एफपिओमा लगानीकर्ताहरूले चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा ढिलो निष्कासन अवधि २०८२ बैशाख ४ गतेसम्म आवेदन दिन सकिनेछ। लघुवित्तको एफपिओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

    कम्पनीले एफपिओले क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालबाट केयर एनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्राप्त गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको सङ्केत गर्दछ।

    लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ९ बमोजिम स्वः पूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न सर्वसाधारणमा एफपिओ निष्कासन गरेको हो । 

    लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। 

    कम्पनीको एफपिओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइनबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।

    हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ। एफपिओ निष्कासनपश्चात लघुवित्तको चुक्तापूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्नेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय