images
Logo
images

महालक्ष्मी विकास बैंक ग्राहक केन्द्रित बैंंकको रूपमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक ग्राहक केन्द्रित बैंंकको रूपमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

बिहिवार, चैत २१ २०८१
बिहिवार, चैत २१ २०८१
  • महालक्ष्मी विकास बैंक ग्राहक केन्द्रित बैंंकको रूपमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

    काठमाडौँ / महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन ‘विजनेश कनेक्ट’द्वारा ग्राहक केन्द्रित बैंकको अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको बैंक उक्त अवार्ड अवार्डबाट सम्मानित भएको हो । 

    images
    images

    निरन्तर रूपमा ग्राहक सेवालाई विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराएको तथा ग्राहकहरूलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरू उपलब्ध गराउन बैंकले निर्वाह गरेको भुमिकाको मूल्याङ्कन गर्दै उक्त म्यागजिनले सम्मान गरेको हो ।

    विजनेश कनेक्ट म्यागजिन व्यवसायसँग सम्बन्धित विभिन्न नवप्रवर्तनशील विचारहरू तथा प्रभावशाली व्यवसायिक व्यक्ति तथा संस्थाहरूको कभर स्टोरीहरूलाई प्राथिमकताका साथ प्रकाशन गर्दै आईरहेको छ । 

    यस सम्मानको प्राप्तीसँगै ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनहरूमा वित्तीय पहुँच बाट बाहिर रहेका आम नेपाली नागरिकहरूलाई समेत बैंकिङ्ग प्रणाली भित्र ल्याउन सकिने तथा अन्र्तराष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

    बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल  एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय