अब आरपिएसमार्फत हुने ५०० रुपैयाँसम्मको फण्ड ट्रान्सफरमा कारोबार शुल्क नलाग्ने

अब आरपिएसमार्फत हुने ५०० रुपैयाँसम्मको फण्ड ट्रान्सफरमा कारोबार शुल्क नलाग्ने

बुधवार, चैत २० २०८१
बुधवार, चैत २० २०८१
  • images
    images
    अब आरपिएसमार्फत हुने ५०० रुपैयाँसम्मको फण्ड ट्रान्सफरमा कारोबार शुल्क नलाग्ने
    images
    images

    काठमाडौँ / नेपाल क्लियरिङ हाउस (एनसिएचएल)ले रिटेल पेमेन्ट स्वीच (आरपिएस)मार्फत हुने ५ सय रुपैयाँसम्मको फण्ड ट्रान्सफरमा शुल्क नलाग्ने व्यवस्था गरेको छ । एनसिएचएलले डिजिटल भुक्तानीलाई प्रवर्द्र्धन गर्नुका साथै सानो रकमका भुक्तानीहरू डिजिटल माध्यमबाट गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको हो । 

    कनेक्ट आइपिएसको वेब/मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गमा रहेको कनेक्ट आइपिएस फण्ड ट्रान्सफर तथा कनेक्ट आइपिएसमार्फत मोबाईल वालेटमा गरिने क्यास इन/आउटलाई पूर्ण रूपमा निःशुल्क गरिएको छ ।   

    चैत्र १९ गतेबाट उक्त व्यवस्था कनेक्ट आइपियसमा कार्र्यान्वयनमा आइसकेको छ भने बैंक वित्तीय संस्था र वालेटहरूले आफ्ना प्रणालीहरूमा आवश्यक व्यवस्था मिलाएपटि मोबाइल बैंकिङ्ग तथा वालेटमा पनि क्रमिक रूपमा लागू हुने बताइएको छ । 

    आरपिएसमार्फत हुने अन्य च्यानलहरू र कारोबारहरूमा भने कारोबार रकमको आधारमा हाल कायम रहेको २ रुपैयाँ र ८ रुपैयाँकारोबार शुल्कको व्यवस्था यथावत रहने छ । साथै उक्त कारोबार शुल्कमा कानून बमोजिमको भ्याट  थप हुने व्यवस्था रहेको छ । 

    कारोबार सङ्ख्यामा बृद्धिसँगै कारोबार शुल्क समायोजन गर्ने नीति एनसिएचएलले लिँदै आएको छ । आरपिएसमार्फत गत आर्थिक वर्षमा ५,६९७ अर्ब बराबरको ७ करोड ५६ लाख भुक्तानी कारोबारहरू फर्छ्यौट गरेको थियो भने चालू आर्थिक वर्षको आठ महिनामा ४, ५५३ अर्ब बराबरको ६ करोड ८३ लाख भुक्तानी कारोबारहरू फर्छ्यौट गरिसकेको छ । 

    हाल ५२ बैंक वित्तीय संस्थाहरूको मोबाइल बैंकिङ्ग एपमा आरपिएस/कनेक्ट आइपिएसबाट फण्ड ट्रान्स्फर गर्न सकिने सेवा उपलब्ध रहेको छ भने १३ भन्दा बढि वालेटहरूमा बैंक खाताबाट क्यास इन/क्यास आउट सेवा उपलब्ध रहेको छ । 

    एनपिएस अन्तर्गतको आरपिएसले बैंक वित्तीय संस्था एक्एकरएक्इक लगायतका संस्थाहरूलाई यउभल ब्एक्ष्क को माध्यमबाट रियल टाइम भुक्तानीहरू गर्न सकिने प्ल्याट्फर्म प्रदान गर्दै आएको छ ।

    आरपिएसमा २० लाख रुपैयाँ प्रतिकारोबार सीमा रहेको छ भने च्यानल तथा गकभक अबकभक बमोजिम एउटै बैंकमा गरिने कारोबारको उक्त सीमा १ करोड रुपैयाँ प्रतिकारोबार सम्म रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com