नेपाल–इटाली वाणिज्य तथा उद्योग संघद्वारा उपाध्यक्ष तथा नबिल बैंकका कार्यवाहक सिइओ ज्ञवालीलाई बधाई

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघद्वारा उपाध्यक्ष तथा नबिल बैंकका कार्यवाहक सिइओ ज्ञवालीलाई बधाई

मंगलवार, चैत १९ २०८१
मंगलवार, चैत १९ २०८१
  • नेपाल–इटाली वाणिज्य तथा उद्योग संघद्वारा उपाध्यक्ष तथा नबिल बैंकका कार्यवाहक सिइओ ज्ञवालीलाई बधाई

    काठमाडौँ / नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले आफ्ना उपाध्यक्ष मनोज कुमार ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सिइओ)को रूपमा पदोन्नति भएकोमा बधाई ज्ञापन गरेको छ । 

    images
    images

    संघले नेपाल–इटाली वाणिज्य तथा उद्योग संघ आफ्ना सदस्यहरूको उपलब्धिमा गर्व गर्ने उल्लेख गर्दै सिइओ ज्ञवालीलाई बधाई ज्ञापन गरेको हो । 

    नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष सञ्जय अग्रवाल तथा बोर्ड सदस्यहरूले ज्ञवालीको यो महत्वपूर्ण उपलब्धिलाई सराहना गर्दै भने, “बैंकिङ क्षेत्रमा उहाँको समर्पण, नेतृत्व क्षमता र अपार अनुभव निकै प्रशंसनीय छ । उहाँको पदोन्नति उहाँले पु-याउनु भएको उत्कृष्ट योगदानको प्रतिबिम्ब हो र हामी पूर्ण विश्वास गर्छौँ कि उहाँको नेतृत्वमा नबिल बैंक अझ उचाइमा पुग्नेछ ।”

    संघ नेपाल तथा इटालीबीचको आर्थिक सहकार्यलाई सुदृढ पार्दै व्यावसायिक प्रगति प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको उनले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय