तोडफोड, आगजनी तथा लुटपाटप्रति चेम्बरको आपत्ति, क्षतिपूर्तिको माग

तोडफोड, आगजनी तथा लुटपाटप्रति चेम्बरको आपत्ति, क्षतिपूर्तिको माग

आइतवार, चैत १७ २०८१
आइतवार, चैत १७ २०८१
  • images
    images
    तोडफोड, आगजनी तथा लुटपाटप्रति चेम्बरको आपत्ति, क्षतिपूर्तिको माग
    images
    images

    काठमाडौँ / नेपाल चेम्बर अफ कमर्शले प्रदर्शनका नाममा गत शुक्रबार निजी तथा सार्वजनिक सम्पत्ति एवं सञ्चारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति गम्भिर आपत्ति जनाएको छ ।

    काठमाडौँको बानेश्वर, तिनकुने, कोटेश्वर लगायतका क्षेत्रमा प्रदर्शनका नाममा भएको हिंसात्मक घटनाप्रति चेम्बर अफ कमर्शले गम्भिर आपत्ति जनाएको हो । 

    चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “गत शुक्रबार भएको प्रदर्शनका क्रममा पत्रकारसहित दुई युवाको दुःखद् निधन भएको छ, सार्वजनिक र निजी गरी थुप्रै भौतिक सम्पत्ति तथा सञ्चारगृहमा समेत क्षति पुगेको छ ।” 

    यस्ता खाले हिंसात्मक घटनाको घोर निन्दा र भत्र्सना गर्दै चेम्बर अफ कमर्सले शुक्रबारको घटनाबाट पीडितहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने जनाएको छ ।

    प्रर्दशनका क्रममा आम नागरिक र उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन् भएको चेम्बरले उल्लेख गरेको छ ।

    आन्दोलनका क्रममा मानवीय जीवनमा समेत दुःखद् क्षति भएको उल्लेख गर्दै चेम्बरले ज्यान गुमाएका व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदनना व्यक्त गरेको छ ।

    मुलुकको अर्थतन्त्र शिथिलताबाट सुधारोन्मुख हुन लागेको अवस्थामा भए/गरेका यस्ता खाले उच्छृङखल गतिविधिले अर्थतन्त्रलाई थप धरासायी बनाउने भएकाले संयमित हुन सवै सरोकारवालालाई चेम्बरले अनुरोध गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com