कुलमानबारे झुटो प्रशंसा गरिएको प्रधामन्त्रीको आरोप, भन्छन् – केके न हुन्छ भनियो, दुुई स्थानमा जुलुस र सभा हुन्छ सकिन्छ

कुलमानबारे झुटो प्रशंसा गरिएको प्रधामन्त्रीको आरोप, भन्छन् – केके न हुन्छ भनियो, दुुई स्थानमा जुलुस र सभा हुन्छ सकिन्छ

बिहिवार, चैत १४ २०८१
बिहिवार, चैत १४ २०८१
  • images
    images
    कुलमानबारे झुटो प्रशंसा गरिएको प्रधामन्त्रीको आरोप, भन्छन् – केके न हुन्छ भनियो, दुुई स्थानमा जुलुस र सभा हुन्छ सकिन्छ
    images
    images

    ललितपुर / प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताएका छन् । बिहीबार महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैह्रविषयलाई विषय बनाएर एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताए । 

    “फेरी आज अर्को खालको समस्या छन् । विषय न शिषय सदन अवरुद्ध, के भयो रे भन्दा कर्मचारी सरुवा भयो कि, कर्मचारी हटाइयो कि निकालियो ? फेरी कस्ता मान्छेले भन्दा हिजो निकालिएका मान्छेलाई त्यहाँ ल्याएर राख्दा विरोध गरिरहेका छन् र अहिले न्यायका कुरा गर्छन्” उनले भने, “वर्षौसम्म त्यही निकायमा काम गरेको मान्छेलाई जिम्मेवारी दिइँदा प्रशंसा गर्नुपर्ने त्यो नगरी प्रशंसा नगर्नुपर्नेलाई झुटा प्रशंसा गरिएको छ । गाली नगर्नुपर्नेलाई झुटा गाली गरिएको छ ।” 

    उनले यही चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने स्थितिमा त्यसलाई प्रभावित पार्न सदन अवरुद्ध गरिएकामा चिन्ता व्यक्त गरेका छन् ।  

    उनले नचाहिएको विषयलाई आन्दोलनका नाममा केके हुँदैछ भनेर आतङ्क सृजना गर्न खोजिएको पनि बताए  ।

    उनले भने, “आन्दोलनका नाममा केके हुँदैछ भनेर आतङ्क सृजना गर्न खोजिएको छ । चैत १५ गते काठमाडौँका दुई स्थानमा जुलुस र सभा हुन्छ । सकिन्छ । हुने त्यत्ति हो । यसलाई तिललाई पहाड बनाउनुपर्ने केही छैन ।”

    प्रधानमन्त्री ओलीले औपनिवेशिक र सामन्तवादी स्थितिले सिङ्गै नेपाली समाज पछाडी परेको र त्यसमा पनि महिलाहरुलाई झन् पछाडी पारिएको स्थितिमा सङ्घर्ष र बलिदानको परिणामबाट समाज परिवर्तज र विकासको यात्रामा अघि बढेको बताए । 

    उनले पञ्चायतकालमा निकै पछाडी परेको मुलुक अहिले चौतर्फी विकासको क्रममा अघि बढेको र आफूले सरकारको नेतृत्व गरेका समयमा ठुला र रणनीतिक महत्वका आयोजना अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com