नबिल बैंकको कामु सिइओ बने ज्ञवाली, सिनियर डिपुटी भएको तीन महिनामै बढ्यो जिम्मेवारी

नबिल बैंकको कामु सिइओ बने ज्ञवाली, सिनियर डिपुटी भएको तीन महिनामै बढ्यो जिम्मेवारी

बुधवार, चैत १३ २०८१
बुधवार, चैत १३ २०८१
  • नबिल बैंकको कामु सिइओ बने ज्ञवाली, सिनियर डिपुटी भएको तीन महिनामै बढ्यो जिम्मेवारी

    काठमाडौँ / नबिल बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् । सिइओ ज्ञानेन्द्र ढुङ्गानाले राजीनामा दिएपछि रिक्त रहेको सो पदमा ज्ञवाली नियुक्त भएका हुन् । बैंक सञ्चालक समितिको बुधबारको बैठकले ढुङ्गानाको राजीनामा स्वीकृत गर्दै ज्ञवालीलाई कामु सिइओ नियुक्त गरेको हो । 

    images
    images

    ज्ञवाली गत पुसदेखि मात्रै डिसिइओमा बढुवा भएका थिए । तीन महिनामै डिसिइओ ज्ञवालीले कामु सिइओको जिम्मेवारी पाएका हुन् । उनी नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए। 

    चार बर्षअघि २०७७ जेठमा नबिल बैंकको नायब महाप्रबन्धक डिजिए नियुक्त भएका ज्ञवाली महाप्रबन्धक, डिजीएम डेपुटी सिइओ, सिनियर डिसिइओ हुँदै कामु सिइओमा बढुवा भएका हुन् ।

    नबिल बैंकमा आउनु अघि उनी ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। चार्टर्ड एकाउन्टेन्ट ज्ञवाली नेपालको बैंकिङ, वित्तीय तथा आर्थिक नीतिको सम्बन्धमा प्रष्ट वक्ता हुन् । 

    उनीसँग नियमनकारी निकाय नेपाल राष्ट्र बैंकका साथै अन्य बैंक तथा वित्तीय संस्था, पुँजी बजारमा दुई दशकबढी काम गरेको अनुभव छ । डिसिइओ ज्ञवालीले ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकलगायतका बैंक तथा वित्तीय संस्थामा काम गरिसकेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय