कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जवाफ माग, प्रतिपक्षीले संसद् अवरोध गरेपछि बैठक स्थगित

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जवाफ माग, प्रतिपक्षीले संसद् अवरोध गरेपछि बैठक स्थगित

बुधवार, चैत १३ २०८१
बुधवार, चैत १३ २०८१
  • कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जवाफ माग, प्रतिपक्षीले संसद् अवरोध गरेपछि बैठक स्थगित

    काठमाडौँ / विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाइएको भन्दै विरोध गरेका छन् । बुधबार बसेको बैठकमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीले जबाफ नदिएसम्म संसद् चल्न नदिने बताए ।

    images
    images

    उनले सरकारले कुलमान घिसिङलाई हटाएको विषयमा आपत्ति जनाउँदै सरकारको जवाफ मागे । कुलमानलाई हटाईएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ नदिएसम्म सदन चल्न नदिने घोषणा गर्दै बस्नेतले आफ्नो अभिव्यक्ति टुङ्ग्याएका थिए ।

    त्यसपछि विपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाएका छन् । बैठक अघि बढ्न नसकेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय