कुलमानका नाममा प्रचण्ड प्रमिथस बन्न खोजे : ओली

कुलमानका नाममा प्रचण्ड प्रमिथस बन्न खोजे : ओली

मंगलवार, चैत १२ २०८१
मंगलवार, चैत १२ २०८१
  • कुलमानका नाममा प्रचण्ड प्रमिथस बन्न खोजे : ओली

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कार र जादुको रूपमा ब्याख्या गर्न खोजेको बताएका छन् । मंगलबार सुजाता कोइरालाको ‘म र मेरो सानोबुबा’ लोकार्पण समारोहमा उनले अध्यक्ष प्रचण्डले लोडसेडिङ आफूले हटाएको दावी गरेको भन्दै प्रमिथस बन्न खोजेको आरोप लगाए । 

    images
    images

    उनले भने, “उबेला पृथ्वीमा अन्धकार थियो, स्वर्ग उज्यालो थियो, चिसो थियो । पृथ्वीका मान्छेहरूलाई पनि उज्यालो चाहिन्छ भनेर देवताका भाइहरूमध्ये सबैभन्दा कान्छा प्रमिथसले आगो चोरेर पृथ्वीमा ल्याए । त्यसवापत उनलाई हजार वर्ष ढुंगाको चेपमा कैद गरेर राखिएको थियो । ती मित्रले त्यस्तै गरेर ब्याख्या गर्नुभएछ । उहाँले प्रमिथसले जस्तै उज्यालो ल्याउनुभो । अघिल्लो चार वर्षको कार्यकाल पूरै उहाँले त्यहीँ काम गरेर पूरा गर्नुभएको थियो । त्यसबेला ल्याउनुभएको थियो कि ।  उहाँले नियुक्ती गर्नेवित्तिकै आगो बोकेर, बिजुली बोकेर, चिम बोकेर आउनुभयो कि ? बर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कारको रूपमा, जादुको रूपमा व्याख्या गर्ने ? कोही पनि साथीहरूलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु ।”

    त्यस्तै उनले बाहिरबाट खोजेर नल्याई त्यहींबाट अवकाशप्राप्त भइसकेको मान्छेलाई नियुक्ति गरेको भन्दै प्रचण्डले निस्काशन गरेर वा सरूवा भनेर अर्को ठाउँमा निकम्मा बनाएर राखिदिएको बताए । 

    उनले भने, “एकजना मित्रको स्टाटस देख्या थिएँ । त्यहाँबाट अवकाशप्राप्त भइसक्या मान्छेलाई, त्यहीँबाट हुर्किएर आएको त्यहीँको मान्छेलाई वा क्याडरलाई नियुक्ती दिएको हो । बाहिरबाट खोजेर ल्याएको होइन ।  त्यस्तो मान्छे उहाँले निस्काशन गर्नुभयो वा सरुवा भनेर अर्को ठाउँमा निकम्मा बनाएर राखिदिनुभयो जहाँ उसको कार्यक्षेत्र होइन । अनि रिटायर्ड मान्छेलाई फेरि ल्याएर राखिदिनुभयो ।”  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय