राष्ट्र बैंकका गभर्नर बन्ने दौडमा रहेका नबिल बैंकका सिइओ ढुङ्गानाले दिए राजीनामा

राष्ट्र बैंकका गभर्नर बन्ने दौडमा रहेका नबिल बैंकका सिइओ ढुङ्गानाले दिए राजीनामा

मंगलवार, चैत १२ २०८१
मंगलवार, चैत १२ २०८१
  • राष्ट्र बैंकका गभर्नर बन्ने दौडमा रहेका नबिल बैंकका सिइओ ढुङ्गानाले दिए राजीनामा

    काठमाडौँ / नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुङ्गानाले पदबाट राजीनामा दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनाएपछि ढुङ्गानाले आइतबारकै मिति राखेर पदबाट राजीनामा दिएका हुन् । 

    images
    images

    सरकारले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा डा. विश्व पौडेल र विजयनाथ भट्टराई सदस्य रहने गरी समिति बनाएको छ । समितिले प्रतिस्पर्धामा रहेको मध्येबाट तीन जनाको नाम सिफारिस गनेछ भने जसमध्येबाट एक जना पाँच बर्षका लागि गभर्नर बन्नेछन् । 

    ढुङ्गाना एनबी बैंक नबिलमा भर्ज भएपछि पहिलो कार्यकालका लागि सिइओमा नियुक्त भएका थिए । त्यसपछि उनी पुनः अर्को कार्यकालका लागि दोहारिएका थिए । चार्टर्ड एकाउन्टेन्ट ढुङ्गानासँग तीन दशक बढीको बैंकिङ क्षेत्रको अनुभव छ । 

    २०५२ सालमा बैंक अफ काठमाण्डूबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका उनी वि.सं. २०५९ मा नेपाल राष्ट्र बैंक प्रवेश गरे र राष्ट्र बैंकमा रहदा निर्देशसम्म भएका उनी सन् २०१८ देखि २०२० सम्म सीईओ ढुङ्गाना वाणिज्य बैङ्कहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्ष समेत बनेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय