images
Logo
images

चीनमा बिउ प्रजनन् अनुसन्धानमा एआइएको प्रयोग, बालीको भिन्नता पहिचान गर्न एआई मोडेलहरूलाई तालिम

चीनमा बिउ प्रजनन् अनुसन्धानमा एआइएको प्रयोग, बालीको भिन्नता पहिचान गर्न एआई मोडेलहरूलाई तालिम

सोमवार, चैत ११ २०८१
सोमवार, चैत ११ २०८१
  • चीनमा बिउ प्रजनन् अनुसन्धानमा एआइएको प्रयोग, बालीको भिन्नता पहिचान गर्न एआई मोडेलहरूलाई तालिम

    चीनमा कृषि क्षेत्रलाई व्यवस्थित गर्न आर्टिफिसियल इन्टेलिजेन्स(एआई)को प्रयोग गर्न थालिएको छ । बिउ प्रजनन् अनुसन्धानलाई सुव्यवस्थित गर्न चिनियाँ वैज्ञानिकहरूले एआईलाई तालिम समेत दिएका छन् । 

    images
    images

    दक्षिणी चीनका कृषि वैज्ञानिकहरूको टोलीले कपास बालीमा हुने भिन्नताहरू पहिचान गर्न एआई मोडेलहरूलाई तालिम दिएका हुन् । बिउ अनुसन्धान र विकासको दक्षतामा सुधार ल्याउन यस्तो विधि अपनाइएको हो ।

    गत वर्ष नोभेम्बरमा कपास रोपिएदेखि वैज्ञानिकहरूले प्रत्येक सात दिनमा तस्बिरहरू सङ्कलन गर्न रोबोट र क्यामेरा प्रयोग गर्दै आएका छन् ।

    जसमा कपासको बोटहरू बिचको डाँठको मोटाई, उचाइ र पातको आकारमा थोरै भिन्नता जस्ता कुराहरू समावेश छन् ।

    चाइना एकेडेमी अफ एग्रिकल्चरल साइन्सेसमा अध्ययनरत पीएचडी विद्यार्थीका अनुसार प्रत्येक पटक, ७ देखि १० भिडियोहरू सङ्कलन गरेर विभिन्न विधिमार्फत विभिन्न प्रविधिका माध्यमबाट अनुसन्धान गरिएको छ ।

    कृषिवालीको उत्पादनको समयसम्ममा, एआईले प्रजनन् चक्रको  बुझाइ विकास गर्न विशाल मात्रामा डेटा फिल्टर गर्ने र अनुसन्धान दक्षतामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय