images
Logo
images

महालक्ष्मी विकास बैंकद्वारा ग्लोबल मनी विकको अवसरमा देशैभरी वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा ग्लोबल मनी विकको अवसरमा देशैभरी वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

सोमवार, चैत ११ २०८१
सोमवार, चैत ११ २०८१
  • महालक्ष्मी विकास बैंकद्वारा ग्लोबल मनी विकको अवसरमा देशैभरी वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशैभरी वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकका देशैभरी रहेको सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरू तथा प्रादेशिक कार्यालयहरूद्वारा वित्तीय साक्षरता, -याली तथा सचेतनाका कार्यक्रमहरू सम्पन्न गरेको हो । ग्लोबल मनि विक यही चैत ४ गतेदेखि १० गतेसम्म साताव्यापी रूपमा मनाइदैँ आएको छ ।

    images
    images

    यस साताव्यापी अभियान अन्तर्गत यस बैंकका गंगबु, धनगढी, चन्द«निगापुर, दमौली, इटहरी, जनकपुर ,विरगंज, दमक, टिकापुर, महेन्द्रनगर, बुटवल, लेकसाइड पोखरा, केन्द्रीय कार्यालय लगायतका विभिन्न प्रादेशिक कार्यालयहरूले विद्यार्र्थी तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकासका लगि वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ । देशभरी गरिएको कार्यक्रमहरूमा १२०० जना भन्दा बढीको सहभागिता रहेको र उक्त कार्यक्रमहरूमा बचत, कर्जा, लगानी, सफा नोट, विद्युतिय वित्तीय सेवाहरू, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषयवस्तुहरूमा जानकारी गराइएको छ । 

    साथै यस बैंकको आधिकारिक सामाजिक सञ्जालका माध्यहरूबाट समेत विभिन्न सचेतनामूलका जानकारीहरू पोष्ट गर्नुका साथै भिडियो सामाग्रीहरू समेत प्रसारण गरिएको छ । यस कार्यबाट किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।  

    बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल  एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय