images
Logo
images

५ मिनेटमा इभि चार्ज हुने बिवाइडीको प्रविधिले बदलेको विश्व बजार

५ मिनेटमा इभि चार्ज हुने बिवाइडीको प्रविधिले बदलेको विश्व बजार

शुक्रवार, चैत ८ २०८१
शुक्रवार, चैत ८ २०८१
  • ५ मिनेटमा इभि चार्ज हुने बिवाइडीको प्रविधिले बदलेको विश्व बजार

    काठमाडौँ/  पछिल्लो केही बर्ष यता इलेक्ट्रिक गाडिको मोह विश्व बजारमै बढिरहेको छ। यसले संसारभरका इभि गाडि निर्माता कम्पनीहरूबिच उच्च प्रतिस्पर्धा चलिरहेको छ।
     
    इभिकै गाडि उत्पादनकै कुरा गर्ने हो भने विश्व बजारमै दैनिक कुनै कुनै नयाँ उत्पादन आइरहेकै हुन्छ। माग अनुसार उत्पादक कम्पनीहरूले इभि गाडिलाई परिमार्जन गर्दै समेत लगेका छन्।
     
    विश्व बजारमा इभि उत्पादक 

    images
    images

    कम्पनीहरूमध्ये अग्रस्थानमा रहेको छ । यो कम्पनी विश्वकै छैटौँ ठुलो अटो कम्पनी हो। सन् २०२४ मा मात्रै यो कमपनीले १.७६ मिलियन गाडि बिक्री गरेको थियो।

    बिवाइडीको हाइब्रिड गाडिलाई पनि जोड्ने भने यो तथ्याङ ४.३ मिलियनसम्म पुग्छ। जुन विश्व विख्यात कम्पनी टेस्लाको भन्दा बढी हो।  प्रतिस्पर्धी कम्पनीहरूलाई मात खुवाउँदै बिवाइडी विश्व अटो बजारमा नम्बर वान बन्ने दौडमा छ। बिवाइडीको स्मार्ट प्रविधि, सुलभ मूल्य र ब्राण्डिङ रणनीतिले बिवाइडी अटो बजारमा लामो रेसको घोडा बन्ने निश्चित छ। 

    बिवाइडीले पछिल्लो समय ल्याएको ५ मिनेटमा ४ सय किलोमिटर दुरी तय गर्न सक्ने चार्जिङ प्रविधिले विश्व बजारमा हलचल नै ल्यायो। बिवाइडीले सार्वजनिक गरेको यो नयाँ प्रविधिलाई ‘Super e-Platform’  नाम दिइएको छ । यसले विद्युतीय गाडीहरूलाई पाँच मिनेटमै ४००–४७० किलोमिटर (२४९–२९२ माइल) दूरी तय गर्न सक्ने चार्ज प्रदान गर्न सक्छ।  

    विश्वप्रसिद्ध चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बिवाइडीले गत महिना मात्रै लञ्च गरेको नयाँ चार्जिङ स्टेशन प्रणालीले इभि गाडिप्रति आम मानिसको धारणालाई परिवर्तन गरेको छ।

    चार्ज गर्न लामो समय लाग्ने, पर्खनुपर्ने, रेञ्ज धेरै नदिने जस्तो अपजस खेपिरहेको इभि गाडिलाई बिवाइडीको यस्तो प्रविधिले नयाँ उचाईमा पुर्याउने दावी गरिएको छ।

    यस विषयमा अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनएनले लेखेको छ, “बिवाइडीको यो प्रविधिले विद्युतीय सवारी साधनहरूको चार्जिङ समयलाई पेट्रोल गाडीहरू जस्तै छोटो बनाउने लक्ष्य राखेको छ, जसले उपभोक्ताहरूको ‘चार्जिङ चिन्ता’ हटाउनेछ।

    The Guardian अनुसार, BYD को Super e-Platform ले टेस्ला लगायतका प्रतिस्पर्धीहरूलाई चुनौती दिएको छ, किनभने यसको चार्जिङ गति टेस्लाको सुपरचार्जरको दोब्बर छ।

    उक्त प्रविधि लञ्च भएपछि कम्पनीको सेयर मूल्यसमेत उचाइमा पुगेको थियो ।

    बिवाइडीले चीनभर ४ हजारभन्दा बढी अल्ट्रा–फास्ट चार्जिङ स्टेशनहरू निर्माण गर्ने योजना बनाएको छ, जसले यो प्रविधिलाई व्यापक रूपमा उपलब्ध गराउनेछ। 

    बिवाइडीको पाँच मिनेटमै चार्ज हुने प्रविधिले विद्युतीय सवारी साधनहरूको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने सम्भावना छ। यसले चार्जिङ समयलाई न्यूनतम् बनाउँदै उपभोक्ताहरूलाई पेट्रोल गाडीहरू जस्तै सहजता प्रदान गर्नेछ। 

    यस्तो प्रविधिको विकासले विद्युतीय सवारी साधनहरूको स्वीकृति र प्रयोगमा उल्लेखनीय बृद्धि गर्ने अपेक्षा गरिएको छ।

    बिवाइडीको नयाँ प्रणालीले १ हजार किलोवाट (१ मेगावाट) सम्मको चार्जिङ शक्ति प्रदान गर्न सक्छ, जुन हालको टेस्ला सुपरचार्जरको ५०० किलोवाट क्षमताको दोब्बर हो। यस प्रणालीमा १,००० भोल्टको उच्च भोल्टेज र १,००० एम्पियरको ठूलो करेन्ट प्रयोग गरिएको बताइएको छ । कम्पनीले Han L सेडान र Tang L SUV मा यो प्रविधि प्रयोग गर्ने बताइएको छ । 

    त्यस्तै, बिवाइडी विश्व बजारमा लोकप्रिय बन्नुको प्रमुख कारण यसको मूल्य र ब्याट्रि हो। बिवाइडी ब्याट्रि निर्माता कम्पनी हो। बिवाइडीले उत्पादन गरेको ब्याट्रिको माग विश्व बजारमै छ।

    बिवाइडीका संस्थापक वान छुआनफुले बिवाइडीलाई ब्याट्रि उद्योगबाट इभि र नवीकरणीय उर्जा क्षेत्रमा विस्तार गदै विश्वकै अग्रणी कम्पनी बनाएका हुन।
     
    बिवाइडीले ‘अल्ट्रा फास्ट इलेक्ट्रिक भेहिकल चार्जिङ सिस्टम’ घोषणा गरेको उक्त चार्जिङ प्रणालीले १००० किलोवाटको अधिकतम चार्जिङ स्पिड प्रदान गर्न सक्ने कम्पनीको दाबी छ। 

    उक्त चार्जिङ प्रणालीसँग आबद्ध हुन सक्नेगरी बिवाइडीले दुई मोडल ‘बिवाइडी हान एल इभि’ र ‘बिवाइडी टाङ एल इभि’ सार्वजनिकसमेत गरेको छ। 

    बिवाइडी इभिमा ब्लेड ब्याट्री प्रयोग हुन्छ। यो ब्याट्री सुरक्षित, बलियो, टिकाउ र धेरै माइलेज दिने भनेर संसारभर इभिमा प्रयोग हुन थालेको छ।

    बिवाइडी इभिमा हुने यस्ता ब्याट्रीको आयु ४ हजार साइकल हुन्छ। एकपटक शून्यदेखि पूरा चार्ज हुनुसम्मको चरणलाई एक साइकल भनिन्छ। 

    टेस्ला, टोयोटालगायतका कम्पनीहरूलेसमेत बिवाइडीको गाडि प्रयोग गर्ने गर्दछन्। ब्याट्रि आफैँले उत्पादन गर्ने भएपछि अन्य कम्पनीको इभि गाडिको तुलनामा बिवाइडी सस्तो पर्न आउँछ। 

    कम मूल्यमा लक्जरी गाडि पाउने भएपछि ग्राहकहरू बिवाइडीकै गाडिप्रति आकर्षित भएका हुन् । अहिले विश्व बजारमा आर्थिक मन्दी चलिरहेको छ । मानिसहरूको क्रयशक्ति घटिरहेको छ। 

    यसले गर्दा बजारमा महँगा गाडिको मागमा कमि आएको छ। युरोप र अमेरिकामा समेत बढ्दो मुद्रास्फिती र ब्याजदरका कारण उपभोक्ता कम मूल्यतर्फ आकर्षित भइरहको छ । 

    कम मूल्यमा सुरक्षित, स्मार्ट फिचर भएको लक्जरी गाडि बजारमा ल्याएको कारण नै बिवाइडीको माग उच्च रहेको छ।

    यसैगरी, बिवाइडीले बजारमा दबदबा कायम गर्नुको अर्को कारण भनेको सेल्फ ड्राइभिङ प्रविधि हो । बिवाइडीमा यो प्रविधि निःशुल्क रहेको छ भने टेस्लाको सोही प्रविधिमा ९ हजार डलर करिब १२ लाख रुपैयाँ अतिरिक्त खर्च लाग्छ। 

    जसले बिवाइडी कम मूल्यमा यस्तो प्रविधिसहितको गाडि बजारमा ल्याउने विश्वकै पहिलो स्थानमा छ। बिवाइडीले म्ष्एष्यित नामक आफ्नै ड्राइभर –असिस्ट प्रणाली विकास गरेको छ।

    यो प्रणालीले गाडीलाई स्वतः स्पीड नियन्त्रण गर्ने, लेनभित्र राख्ने, अगाडिको सवारी अनुसार गाडीको गति मिलाउने, जस्ता कामहरू गर्न सक्छ।

    गाडीमा स्मार्ट क्यामेरा, सेन्सर, राडार जडान गरिएका छन्, जसले चालकको थकान, टकरावको सम्भावना आदि पहिचान गर्न सक्छ। यसले यात्रालाई सुरक्षित र विश्वसनीय बनाउँछ।

    बिवाइडीको गाडीहरूमा भएको सेल्फ ड्राइभिङ प्रविधिको विकासले प्रविधि क्षेत्रमा सफलताको एक बलियो आधार हो। 

    यसले बिवाइडीलाई इभि गाडी निर्माता कम्पनी मात्रै होइन, प्रविधिमा समेत अगाडि रहेका विश्वस्तरीय कम्पनीको रूपमा स्थापित गरिरहेको छ।

    पछिल्लो समय इभि गाडिको माग बढ्नुको पछाडि विशेषगरी ७ कारण छन्ः 

    १. इन्धन खर्च बचत 
    पेट्रोल र डिजेलको तुलनामा बिजुली सस्तो पर्ने भएकाले दीर्घकालीन रूपमा खर्च कम हुन्छ।

    २. पर्यावरणमैत्री
    इलेक्ट्रिक गाडि चलाउँदा धुवाँ वा प्रदूषण हुँदैन, जसले पर्यावरणलाई सुरक्षित र सफा राख्न सहयोग पुरयाउँछ । 

    ३. कम मर्मत खर्च

    इभि गाडिमा इन्जिन नहुने, गियर बक्स नहुने आदि कारणले गर्दा यो गाडि पेट्रोलियम पदार्थबाट चल्ने कम खर्चिलो हुन्छ । मर्मत गरिराख्नुपर्ने झण्झट पनि हुँदैन । 

    ४. शान्त र स्मुद ड्राइभिङ अनुभव
    इलेक्ट्रिक चल्दा बाहिर आवाज आउँदैन। ध्वनि प्रदुषण नुहने भएकोले कम्पन पनि कम ुन्छ । शान्त र रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्ने भएकोले यात्रा गर्न इभि गाडि बढी रुचाइन्छ । 

    ५. आधुनिक प्रविधि र स्मार्ट फिचरहरू
    अधिकांश इभि गाडिमा स्मार्ट स्क्रिन, मोबाइल एप कन्ट्रोल, अटोमेटिक अपडेट, रेजेनेरेटिभ ब्रेकिङजस्ता फिचरहरू हुन्छन्।

     जसले गाडिलाई आकर्षक मात्रै होइन ड्राइभिङलाई सहज र सुरक्षितसमेत बनाउँछ । 

    ६. सरकारको सहुलियत 
    नेपालले इभि गाडि प्रयोगलाई प्रोत्साहन गर्न विभिन्न सहुलियत उपलब्ध गराएको छ । यसैगरी, विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण भएकोले पनि इभिको प्रयोगलाई प्रोत्साहन मिलिरहेको छ । 

    ७. व्यापार घाटा कम गर्न सहयोग

     इभि गाडि प्रयोगकर्ता बढेको खण्डमा इन्धनको खपत घट्दै जान्छ । यसले विदेशी मुलुकसँग भएको व्यापार घाटा कम गर्न सहयोग पुग्छ ।

    इभि गाडिको प्रयोगले राष्ट्रिय अर्थतन्त्रमै सहयोग पुग्ने भएकोले पनि सरकारले नै प्रोत्साहन गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय