आगलागीका घटनामा ६ को मृत्यु, ३८ परिवार विस्थापित

आगलागीका घटनामा ६ को मृत्यु, ३८ परिवार विस्थापित

शुक्रवार, चैत ८ २०८१
शुक्रवार, चैत ८ २०८१
  • images
    images
    आगलागीका घटनामा ६ को मृत्यु, ३८ परिवार विस्थापित
    images
    images

    काठमाडौँ/  गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् भने आगलागीका कारण ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएका छन् । 

    एक महिनामा देशभर ५०१ आगलागीका घटना भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । 

    आगलागीबाट ८७ घर र ५७ गोठमा क्षति भएको छ । आगलागीबाट १४६ पशुचौपाय मरेका छन् भने घटनापछि ३८ परिवार विस्थापित भएका छन् । 
    आगलागीबाट ४० करोड ४८ लाख बराबरको क्षति भएको छ ।

    विभिन्न स्थानमा लागेको आगलागी नियन्त्रणका लागि तीन हजार ६१४ प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

    सबैभन्दा बढी कोशी प्रदेशमा १३५, मधेस प्रदेशमा १०५, बाग्मती प्रदेशमा ४४, काठमाडौँ उपत्यकामा ४९, गण्डकी प्रदेशमा ३३, लुम्बिनीमा ६४, कर्णालीमा ३० र सुदूरपश्चिम प्रदेशमा ४१ आगलागीका घटना भएको प्रवक्ता आचार्यले जानकारी दिए । 

    वर्षा कम भएको र सुक्खा मौसमका कारण आगलागीका घटना अझै बढ्नसक्ने भएकाले सचेत हुन गृहमन्त्रालयले अनुरोध गरेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com