नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार

शुक्रवार, चैत ८ २०८१
शुक्रवार, चैत ८ २०८१
  • नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार

    काठमाडौँ / भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको ‘बेस्ट २५ भिसा स्पेन्डर क्याम्पेन’मा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक परेका छन् । भिसा कार्डमार्फत सबैभन्दा बढी खर्च गर्ने कार्डवाहकहरू शीर्ष २५ मा परेका हुन् । भाग्यशाली विजेताहरूले एक जोडीका लागि विदेश भ्रमणको दुईतर्फी टिकट प्राप्त गरेको भिसा कार्ड इन्टरनेसनलले बैंकलाई जनाएको छ । 

    images
    images

    बैंकले एक कार्यक्रमको आयोजना गरी पाँच विजेताहरूलाई सम्मान तथा उपहार वितरण गरेको थियो । कार्यक्रममा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, वरिष्ठ डेपुटी सिइओ मनोजकुमार ज्ञवाली, डेपुटी सिइओ भुपेन्द्र पाण्डे, रिटेल कारोबार प्रमुख निरज शर्माका साथ भिसा कार्ड प्रतिनिधि आशीष चक्रवर्ती लगायतको उपस्थिति थियो । 

    नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरूवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्त्वपूर्ण योगदान पु-याउँदै आएको छ । बैंकले आधुनिक बैंकिङ युगको सुरुआत गर्दै ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ आफ्नो व्यवसाय केन्द्रित गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय