आफूलाई छोटे राजा जस्तो देखाउने तीन वटा टाउकेले पालैपालो सरकार चलाए : बाबुराम भट्टराई

आफूलाई छोटे राजा जस्तो देखाउने तीन वटा टाउकेले पालैपालो सरकार चलाए : बाबुराम भट्टराई

बुधवार, चैत ६ २०८१
बुधवार, चैत ६ २०८१
  • images
    images
    आफूलाई छोटे राजा जस्तो देखाउने तीन वटा टाउकेले पालैपालो सरकार चलाए : बाबुराम भट्टराई
    images
    images

    काठमाडौँ। नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारमा रहेसम्म सबै ठिक छ भनेर गफ दिने र सरकारबाट गएको भोलिपल्टदेखि खत्तम भयो भन्दै हिड्ने प्रवृत्ति बढेको बताएका छन् । 

    बुधबार माइतीघरमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मागका लागि आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरूलाई छोटे राजा जस्तो देखाउन खोजेको आरोप लगाए । 
    उनले भने, “अर्का खाले वैद्यको रूपमा तीनवटा टाउको अहिले देखिएका छन् ।

     तिनीहरूले आफूलाई छोटे राजा जस्तो पनि देखाउँछन् । संविधान जारी भएको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएका छ । तीनै तीनवटा टाउकोले पालैपालो सरकार चलाइरहेका छन् । अहिले सरकारमा रहेसम्म सबै ठिक ठाक छ । समृद्धि आएको छ, भनेर गफ दिन्छन् अनि सरकारबाट गएको भोलिपल्टदेखि खत्तम भयो बर्वाद भयो भनेर हिड्छन् ।” 

    साथै, उनले जनताले फ्याँकिसकेको राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको भन्दै राजावादीहरूको प्रदर्शनलाई कुनै महत्व दिन आवश्यक नभएको पनि बताए । ।

    अध्यक्ष भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था नभएको कारण पहिले नै संविधान आधा मात्र छ भनेर आफूले आवाज उठाएको स्मरण गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com