images
Logo
images

सिटिजन्स बैंकले थप्यो घरमै बसेर प्यान अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न सकिने सुविधा

सिटिजन्स बैंकले थप्यो घरमै बसेर प्यान अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न सकिने सुविधा

बुधवार, चैत ६ २०८१
बुधवार, चैत ६ २०८१
  • सिटिजन्स बैंकले थप्यो घरमै बसेर प्यान अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न सकिने सुविधा

    काठमाडौँ / सिटिजन्स बैंकले ग्राहकहरूको लागि अब घरमै बसी बसी बैंकको मोबाइल बैंकिङ एपमार्फत आफ्नो खातामा प्यान अपडेट सकिने सुविधा ल्याएको छ । 

    images
    images

    डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै बिगत १८ वर्षदेखि आम नेपाली सर्वसाधारण गा्रहकहरू माझ सर्व सुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको बैंकले यसका साथै ब्यालेन्स सर्टिफिकेट आवश्यक परेमा एपमार्फत अनुरोध गर्न सकिने व्यवस्था मिलाएको हो । 

    सो सुविधापश्चात ग्राहकहरूले बैंकको शाखा कार्यालय नगई सहज र भन्झटमुक्त सुविधा प्राप्त गर्न सकिने विश्वास बैंकले लिएको छ । 

    विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ ९भर्चुअल क्रेडिट कार्ड० सञ्चालनमा ल्याएको छ ।

    यसका साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ। 

    सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६६ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग ईकाइहरूबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय