images
Logo
images

सरकारको ११ निर्णय : वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नेदेखि चैत २४ गते सार्वजनिक बिदा दिनेसम्म

सरकारको ११ निर्णय : वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नेदेखि चैत २४ गते सार्वजनिक बिदा दिनेसम्म

विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने सरकारको निर्णय

बुधवार, चैत ६ २०८१
बुधवार, चैत ६ २०८१
  • सरकारको ११ निर्णय : वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नेदेखि चैत २४ गते सार्वजनिक बिदा दिनेसम्म

    काठमाडौँ / सरकारले, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । 

    images
    images

    त्यस्तै, विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने सरकारको निर्णय छ । यसैगरी, सरकारले ऋण असुली न्यायधिकरणको बैंकिङ्ग सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गरेको छ । 

    नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षकमा दिपक थापालाई नियुक्त गरेको छ भने यही चैत २४ गतेका दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने सरकारको निर्णय छ । 

    विस्तृतमा हेर्नुस् 

    note.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय