नेपाली सडकमा बिवाइडीको यात्रा, इभि गाडिको व्यापार फस्टाउनुमा ‘साइमेक्स इंक’को योगदान

नेपाली सडकमा बिवाइडीको यात्रा, इभि गाडिको व्यापार फस्टाउनुमा ‘साइमेक्स इंक’को योगदान

बुधवार, फागुन २८ २०८१
बुधवार, फागुन २८ २०८१
  • images
    images
    नेपाली सडकमा बिवाइडीको यात्रा,  इभि गाडिको व्यापार फस्टाउनुमा ‘साइमेक्स इंक’को योगदान
    images
    images

    काठमाडौँ / नाडा अटो शो–२०२४को अवसरमा नेपाल आएका बिवाइडीका एसिया प्रशान्त क्षेत्र हेर्ने महाप्रबन्धक लिउ जुएलियाङले भनेका थिए, “नेपालमा बिवाइडीको यात्रा लामो हुन्छ ।” नेपालका सञ्चार माध्यमहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भनेजस्तै नेपाली बजारमा बिवाइडीले आठौँ बर्षको यात्रामा छ । 

    बिवाइडीको गाडि त्यतिबेला नेपाल भित्रिएको थियो जतिबेला नेपाली सडकमा इभि गाडिहरू फाट्टफुट्ट मात्रै देखिन्थ्यो । बिवाइडी अर्थात ‘बिल्ड योर ड्रिम्स’ चिनियाँ विद्युतीय गाडी निर्माता कम्पनी हो । ८ बर्षदेखि नेपाली बजारमा यो कम्पनीले आफ्नो उल्लेखनीय उपस्थिति जनाइरहेको छ ।

    बिवाइडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक्ले सन् २०१६ को अन्तिममा लक्जरी गाडि बिवाइडी ई–६ भित्र्यायो । त्यतिबेला इभि गाडिप्रति आकर्षण सायदै थियो । इभि गाडि चार्ज गर्न समय लाग्छ र रेञ्ज पनि दिँदैन भन्ने भाष्य थियो । चार्जिङ स्टेसनहरू त औँलामा गन्न सकिने मात्रै थिए । बजारको जोखिम मोलेरै साइमेक्सले नेपाली बजारमा बिवाइडीको यात्रा तय गर्यो । 

    खाल्डाखुल्डी र उकालो आरोलो बाटो, चार्जिङ स्टेसन, विद्युतीय गाडिको उच्च मूल्यलगायतका कारण उपभोक्ताहरू इलेक्ट्रिक गाडिहरू रोज्दैन थिए । तर, अहिले तिनै उपभोक्ताहरू इभि गाडि चढ्दा सुरक्षित र आरामदायी महसुस गर्छन् । पेट्रोलियम पदार्थमा हुने खर्च बचत भएको बताउँछन् । इभि गाडिमा चासो र सचेतनासँगै अहिले प्रयोग पनि बढिरहेको छ ।

    इभि बाहेक ब्लेड ब्याट्रीका लागिसमेत बिवाइडी लोकप्रिय छ । बिवाइडीको उक्त ब्याट्री टेस्ला, बीएमडब्लयू, मर्सिडिज र आउडी जस्ता ग्लोबल अटोमेकरलेसमेत प्रयोग गर्दै आएका छन् । नेपाली बजारमा पनि बलियो उपस्थिति बनाएको कम्पनीले पुराना कारा बिक्रेता कम्पनीहरूलाईसमेत चुनौति दिँदै बजारमा बलियो पक्कड बनाएको छ । 

    सन् २००३ बाट उत्पादन सुरु भएको बिवाइडीको इभि गाडि विश्व बजारमै अहिले अग्रस्थानमा छ । कम्पनीले सन् २००८ मा पहिलो पटक हाइब्रिड इलेक्ट्रिक भेहिकल लन्च गरेको थियो भने २००९ मा इलेक्ट्रिक ब्याट्री भएको गाडि लन्च गरेको थियो ।

    सन् २०२२ को मार्चदेखि न्यु इनर्जी भेहिकिल उत्पादनमा केन्द्रीय यो कम्पनीको मुख्य बजार युरोप, दक्षिणपूर्वी एशिया, ओशिनिया र ल्याटिन अमेरिका हो । महाप्रबन्धक लिउ जुएलियाङले भनेजस्तै अहिले संसारका इभि कम्पनीहरूले बिवाइडीलाई पछ्याइरहेका छन् । उनले भनेका छन्, “संसारका अन्य धेरै इभि कम्पनीलाई पहिला हामी पछ्याउँथ्यौँ, तर अहिले उनीहरूले बिवाइडीलाई पछ्याइरहेका छन् ।” 

    विश्व विख्यात बिवाइडी र साइमेक्स इंकको नेपाल यात्रा

    बिवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकको स्थापना सन् २०११ मा स्थापना भयो । सुरुवाती दिनमा यो कम्पनीले सोलार, इन्भर्टर र सडक बत्तीलगायतका इलेक्ट्रिक सामाग्री बिक्री गथ्र्यो । सन् २०१६ को अन्तिममा पहिलोपटक बिवाइडीे इभी इ–६ मोडल ल्याएसँगै प्रचार प्रसारमा जुट्यो । नेपालमा बिवाइडीको पहिलो ग्राहक राष्ट्रिय योजना आयोग बन्यो । बिवाइडीको त्यो गाडिले धेरैको ध्यान खिचेको भए पनि साइमेक्स इंकलाई इभि गाडिको महत्त्व बुझाउन हम्मेहम्मे पर्यो ।

    कम्पनीले एक बर्षसम्म यसको परीक्षण गरिरह्यो । लामो, छोटो दुरी र सबै मौसममा चलाएर हेर्यो । चीनबाटै मेकानिक र इन्जिनियरहरू बोलाएर सर्भिस र मर्मत तालिम दियो । परीक्षण सफल भएपछि साइमेक्सलाई आत्मविश्वास पनि बढ्यो । नेपालमा इभि गाडिले आज जुन स्थान ओगेटेको छ, यसमा साइमेक्स इंकको त्यो कदम नै कोशेढुङ्गा सावित भयो भन्दा फरक पर्दैन । साइमेक्सको टिमले राष्ट्यि योजना आयोगका तत्कालिन उपाध्यक्ष स्वर्णिम वाग्ले (हाल सांसद,  राष्ट्रिय स्वतन्त्र पार्टी –रास्वपा)लाई कन्भिन्स गर्यो ।

    अन्ततः राष्ट्रिय योजना आयोग बन्यो नेपालमा बिवाइडीको पहिलो ग्राहक । त्यसपछि  विद्युत प्राधिकरणले ४–५ ओटा नै किन्यो । राष्ट्रपति कार्यालयले पनि बिवाइडीको गाडि खरिद गरे लगत्तै, उर्जा मन्त्रालय, बागमती प्रदेश कार्यालय, परराष्ट्र मन्त्रालय लगायतका निकायले इभि गाडि किनेपछि साइमेक्सलाई झनै हौसला मिल्यो ।

    सन् २०२० बेलासम्म बिवाइडीले सरकारी निकायमै करिब २० वटा गाडि बिक्री गरिसकेको थियो । बिवाइडीले गाडि बिक्री, सर्भिस, मर्मचसम्भरलगायतका लागि नारायण चौरमा ‘बिवाइडी पार्क’ निर्माण गर्यो । 

    बिवाइडीको चर्चा चुलिँदै थियो तर सन् २०२० मा कोभिड–१९ भित्रियो । जसले अटो क्षेत्रसँगै अन्य क्षेत्रहरूसमेत प्रभावित बन्यो । व्यापार व्यवसाय ठप्प बन्यो । त्यसपछि बजार विस्तार गर्न साइमेक्सले बिवाइडीको नयाँ मोडल (सेकेन्ड जेन इ–६) सार्वजनिक गर्यो । जसले बिवाइडीलाई सर्वसाधारण उपभोक्तासम्म पुर्यायो । गाडि बिक्री गर्दै जाँदा कम्पनीले केही सोरुम र चार्जि« स्टेसनहरू राख्यो । मुख्य मुख्य सहरहरूमा डिलरसिप दियो । 

    सन् २०२३ मा भित्रिएको एट्टो–३ मोडलले भने नेपाली बजारमा उल्लेखनीय सफलता पायो । साइमेक्स इंकले न्यू इनर्जी भेहिकलको ग्लोबल लिडर बिवाइडीकै सहकार्यमा साइमेक्स बिवाइडी च्यारिटी फाउन्डेसनकोसमेत स्थापना गरेको छ । फाउन्डेसनमा साइमेक्स इंकले १ करोड रुपैयाँ योगदान गरेको छ भने प्रत्येक बिवाइडी गाडि बिक्री वापत १० हजार रुपैयाँ फाण्डेसनमा जम्मा गर्नेछ । 

    शिक्षा, स्वास्थ्य सेवा र दिगो विकास जस्ता समाजमा भएका सबैभन्दा ठूला चुनौतीहरूलाई सम्बोधन गर्ने कार्यमा फाउन्डेसन केन्द्रित हुनेछ । यसरी जम्मा गरिएको सहयोग रकम र अन्य सामूहिक प्रयासलाई नेपाली जनताको जीवनस्तर सुधार गर्न र राष्ट्रको प्रगतिमा योगदान पु‍र्याउन समर्पित गरिने कम्पनीले जनाएको छ ।

    त्यस्तै, कम्पनीले चीन बाहिर पहिलो पटक फागुन १५ देखि फागुन १८ ‘बिवाइडी हाइ–टेक विक–२०२५’ सम्पन्न गरेको थियो । सो ल्यान्डमार्क इभेन्टमा न्यु इनर्जी भेइकल (एनईभी) प्रविधिमा उपलब्ध अत्याधुनिक प्रगति शोकेस गरिएको थियो । 

    बिवाइडी हाई–टेक विकको एक महत्त्वपूर्ण क्षणको रूपमा नेपालका ग्राहकलाई ग्लोबल माइलस्टोनको रूपमा रहेको १० लाख १० हजारौँ बिवाइडी एट्टो ३ डेलिभरी गर्नु रहेको बताइएको थियो । 

    बिवाइडी हाई–टेक विकको स्मरणमा साइमेक्स इंकले सो इभेन्ट अवधिमा बुकिङ गरिएका सबै बिवाइडी इभिमा १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी उपलब्ध गराएको थियो । हाल नेपाली बजारमा बिवाइडीको 1st generation e6, new generation e6, m3/t3, dolphin, Atto3 (advanced/superior/premier), seal मोडलहरू उपलब्ध छन् भने निकट भविष्यमा sea lion 7 र shark    ल्याउने तयारी गरेको छ । तीमध्ये डल्फिन र एट्टो थ्री भने नेपाली बजारमा सर्वाधिक बढी रुचाइएको ब्राण्ड हो । यस अवधिमा साइमेक्सले सोरुम, चार्जिङ स्टेसन र डिलरसिप विस्तारमा उल्लेखनीय सफलता प्राप्त गर्यो । 

    ब्याट्री, पार्टपुर्जा र मूल्य महत्वपूर्ण

    इभि गाडि खरिद गर्नुअघि विशेष गरी तीन ओटा कुरा हेरिन्छ ब्याट्री, पार्टपुर्जा र मूल्य । इभि गाडिको ब्याट्री बिग्रएपछि फेर्दा लाग्ने खर्च, त्यसको व्यवस्थापन, पार्टपुर्जाको उपलब्धता र मूल्य उपभोक्ताको चिन्ताको विषय बनेको छ । 

    इभि आयातमा सरकारले सहुलियत दिँदै आएको छ । तर, गाडि किन्दा भने महँगो मूल्य तिर्नुपरेको जनगुनासो पनि सुनिन्छ । सरकारी निकायहरूलाई इभि बिक्री गरेर नेपाली बजारमा पहिचान बनाएको बिवाइडीले अहिले ६ हजारभन्दा बढी इभि बेचिसकेको छ । 
    बिवाइडीको इलेक्ट्रिक गाडीहरूमा प्रयोग हुने ब्लेड ब्याट्री विश्वभर सुरक्षित, बलियो, टिकाउ र उच्च माइलेजका लागि चर्चित भएको छ । ब्लेड ब्याट्रीको जीवन ४ हजार चार्ज साइकल हुन्छ । बिवाइडी अट्टो – ३ एक साइकल चार्जमा करिब ४ सय किमि गुड्न सक्छ ।

    जसअनुसार कुल  १६ लाख  किमि चल्न सक्ने क्षमताा हुन्छ । नेपालको सन्दर्भमा भने यो ब्याट्रीको आयु २० कर्षसम्म पुग्न सक्छ । बिवाइडीले ८ बर्षको वारेन्टी दिएको छ यस अवधिमा ब्याट्रीमा जे समस्या आए पनि कम्पनीले बेहोर्छ । कुनै कारणले समस्या आए पनि पुरै ब्याट्री फेर्नु नपर्ने कम्पनीले जनाएको छ । ब्याट्रीमा १०५ वटा सेल (पाता) जोडेर बनाइएको हुन्छ । सेल फेर्दा भने धेरै खर्च लाग्दैन । समयसँगै ब्याट्रीको मूल्य घट्ने भएकोले भविष्यमा सस्तो हुनसक्छ । 

    बिवाइडी नेपालले ब्याट्री व्यवस्थापनका लागि अमेरिकी र मलेसियन कम्पनीसँग सहकार्य गरेको छ । अहिले इभिमा प्रयोग भएका पुराना ब्याट्री मर्मत गरेर अर्को काममा पुनः प्रयोग गर्न सकिन्छ । चीन र अन्य देशमा पुराना ब्याट्रीलाई पावर बैंकजस्तै प्रयोग गर्न थालिएको छ ।
    यसैगरी, इभि गाडिमा इञ्जिन गाडिको तुलनामा कम पार्टपुर्जा हुन्छन् । यसमा प्रयोग हुने पार्टपुर्जाको मूल्य त्यसको प्रकार र डिजाइनमा भर पर्छ । त्यसो त पार्टपुर्जा कम भएपछि बिग्रने सम्भावना छ । बिवाइडीले ब्याट्री, मोटर, पावर ट्रेलरलगायत मुख्य पार्टपुर्जाहरूमा वारेन्टी दिएको छ । 

    इभि गाडि निकै सस्तो किन ?

    इभि गाडिमा सरकारले सहुलियत उपलब्ध गराएको छ भने सामान्य गाडिको तुलनामा कम कर लाग्छ । पेट्रोल÷डिजेलको तुलनामा चार्जिङ खर्च कम हुन्छ । सुरुवाती दिनमा केही महँगो लागे पनि ५–१० बर्षमा कुल लागत हिसाब गर्दा इभि गाडि निकै सस्तो पर्छ । इभि गाडिमा इञ्जिनको सट्टा मोटर हुन्छ । जसले गर्दा इञ्जिन आयल, फ्युयल फिल्टर मर्मतको झन्झट हुँदैन । ब्रेकिङ सिस्टमसमेत लामो समय टिकाउ हुन्छ । सुरक्षा र आनन्ददायी यात्राका लागि पनि इभि लोकप्रिय छ ।

    स्वदेशमा उत्पादन भएको उर्जा स्रोत प्रयोग हुने भएकोले आयातित पेट्रोल÷डिजेलको खपत खटाएर विदेशी मुद्रा बचत गर्न सकिन्छ । यसले धुँवा नफाल्ने भएकोले प्रदुषण कम हुन्छ । जलवायु परिवर्तन, ऊर्जा खपत र दिगो विकासका लागि सरकारले इभिमा सहुलियत दिँदै आएको छ । 

    हालसम्म बिवाइडीले नेपालमा ६ हजारभन्दा बढी गाडी बिक्री गरिसकेको छ । हाल कम्पनीसँग १७ वटा सोरुम, करिब दुई दर्जन चार्जिङ स्टेसन छन् भने आधा दर्जन बढी मोडलहरू छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com