images
Logo
images

अब राजालाई बोकेर मुलुकको विकास हुने जवाना छैन : सञ्चारमन्त्री गुरुङ

अब राजालाई बोकेर मुलुकको विकास हुने जवाना छैन : सञ्चारमन्त्री गुरुङ

मंगलवार, फागुन २७ २०८१
मंगलवार, फागुन २७ २०८१
  • अब राजालाई बोकेर मुलुकको विकास हुने जवाना छैन : सञ्चारमन्त्री गुरुङ

    काठमाडौँ / सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ वर्तमान समय राजालाई बोकेर मुलुकको विकास हुने समय नभएको बताएका छन् ।

    images
    images

    मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले सबै व्यक्ति व्यक्तिले अधिकार पाउनु पर्ने र व्यक्तिगत स्वतन्त्रताको समय भएको हुनाले राजा बोकेर विकास नहुने बताए । 

    उनले भने, “हुँदै नहुने मान्छेलाई ल्याएर राजा बनायो, खाई हाल्यो ५९ सालमा, छोडेर भागेको मान्छे हिजा अस्ति आइरहेको थियो । यसको पछाडि जोडिने मान्छेहरूलाई के भन्छु भने अब हामीले बुझ्नु पर्छ, अब राजालाई बोकेर मुलुकको विकास हुने जवाना होइन, सबै व्यक्ति व्यक्तिले अधिकार पाउनु पर्यो नि, आजको समय व्यक्तिगत स्वतन्त्रताको हो ।”

    यस्तै, उनले जसको घरमा जन्मिए पनि, शितल निवास जान सक्ने र सिंहदरबारमा राज गर्न सक्ने व्यवस्था छोडेर राजाको हिसाबले चल्नुपर्ने व्यवस्थामा जानु उचित नभएको बताए । 

    उनले भने, “तपाई जसको घरमा जन्मिए पनि, त्यो व्यक्ति योग्य र काबिल छ भने र जनताले विश्वास गर्ने हो भने त्यो शितल निवासमा जान पाउँछ, सिंहदरबारमा राज गर्न पाउँछ, त्यो सर्वोच्च अदालतको न्यायाधिश बन्न पाउछ । यो व्यवस्था छोडेर राजाको घरमा जन्मिएको हुनाले ३ करोड नेपालीभन्दा योग्य हुन्छ भन्ने सिद्धान्तमा जानु राम्रो हो । यो गलत हो ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय